ताजा अपडेट »

अब ४५ मिनेटमै कोरोना भाइरस पहिचान गर्न सकिने, अमेरिकाले पत्ता लगायो नयाँ प्रविधि

सोमबार, १० चैत्र २०७६, ०७ : ५०
6 Shares

काठमाडौ । विश्वभर यतिबेला कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण आतंक मच्चिरहेको समयमा बैज्ञानिकहरु यसको रोकथामका उपाय खोज्न दिनरात सक्रिय छन् । चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव विश्वमै भयावह बन्दै गएको छ ।

यस्तैमा अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृतीदिएको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो ।यस परीक्षणले शनिबारबाट मान्यता पाएको हो । एक साताअघि मात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षण अनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुन सक्छ । कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ ।

यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए । यसअन्तर्गत ‘ड्राइभ थ्रु’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ ।

सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।