ताजा अपडेट »

तीन नेपालीलाई बहराइनमा कोरोना संक्रमण

आइतबार, ०९ चैत्र २०७६, १७ : ४३
2 Shares

काठमाडौं । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूताबासले जनाएकाे छ ।

त्यस्तै, कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको जनाएकाे छ । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखि उपचार गरिरहेको पनि उनले बताए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार कार्यरत छन् ।-आर्थिकन्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।