ताजा अपडेट »

कोरोना भाइरस : एक चेतावनीको संकेत

आइतबार, ०९ चैत्र २०७६, १८ : ४५
6 Shares

विगतको समयमा बर्ड फ्लू, स्वाइन फ्लू, इभोला जस्ता घातक रोगहरुले पनि विश्वव्यापी रुपमा भयावह अक्रान्त अवस्था नबनाएको पनि होइन । अझैपनि मानसपटलमा ताजा स्मरण छ । झनै त वर्तमान समयमा चाईनाको wuhan भन्ने शहरबाट फैलिएको Novel corona virus छिमेक मुलुक देश जापान, कोरीया, ताईवान, मलेसिया, नेपाल, भारत लगायत अन्य यूरेपेली मूलूक थूप्रै देशहरुमा फैलिसकेको अवस्था छ । करीब हजारौं मानिसहरुमा संक्रमित भईसकेको अवस्था छ । र अहिले सम्म केहि मात्रमा मानिसहरुको ज्यान लिइरहेको अवस्था छ । यसको रोकथामका लागि सबैले आ-आफ्ना स्थानबाट आफ्ना देशबासीका लागि सतर्कता र रोकथामका उपायहरु स्वास्थ्यकर्मीहरुबाट उपकरण प्रविधिद्वारा अपनाइरहेको छ ।

नेपाल सरकारको तर्फबाट हवाई विभाग र प्रत्येक नाका-नाकामा कोरना भाइरसको जोखिमबाट सतर्कता अपनाउनका लागि चेकजाँच गर्न स्वास्थ्य कर्मीहरुद्वारा कडा निगरानी गरिरहेको अवस्था छ र गरिरहनू पर्ने अवस्था पनि देखिन्छ । अझै भन्नूपर्दा सबैभन्दा स्वास्थ्यकर्मीहरुमाथी भाइरसको महा जोखिममा पर्ने सम्भावना बडी हूने गर्छ, किन भने स्वास्थ्यकर्मी भनेको रोगीहरुको अङ्गसँगमा रहेर रोग पत्ता लगाउन र रोगको निवारण गर्न आफ्ना कर्तव्य जिम्मेवारी निभाउनू पर्ने हून्छ जस कारण स्वास्थकर्मीहरु जोखिममा नपरोस् भन्नका लागि नेपाल सरकारबाट विशेष भन्दा विशेष ध्यान दिनूपर्ने आवश्यक देखिन्छ । अचम्म लाग्ने गर्छ यस्ता नयाँ-नयाँ रोगहरुको संक्रमणले मेडिकल साइन्स डाक्टरहरुलाई पनि चूनौती दिइरहेको अवस्था छ । हामीहरु सर्वप्रथम हामीले आफूलाई नै दोष दिनुपर्ने अवस्था आइरहेको छ । किनभने मासुको भोगी बन्दै गइरहेको आजको मानव सामाजिक प्राणि हामी चरम बिन्दूमा पूग्दा पनि यहि मासूबाट भोग्नुपरिरहेको पिडा दु:ख समस्यादेखि चेत नखुलेको अवस्था छ । यतिमात्र नभएर चमेराको मासु पनि खाने गरेको यदाकदा सुुन्नमा आइरहने गर्छ । मासुुको दाम चरम चूलिमा पुुगिसकेको अवस्थाले गर्दा होला मासु किनेर खाने अवस्था औकातभन्दा बाहिरको विषय हुुनपुुग्दा चमेरा पनि बाँकी नरहने अवस्थामा भएको हुुनसक्छ, किन भने घरपालुवा पशु-पंक्षिको मासु अधिक मुल्य दाममा किन्नुपर्ने हुुन्छ । तर जंगलमा बस्ने पशु-पंक्षि सितैमा पाईने भएकाले होला अब जंगलमा बस्ने पशु-पंक्षिले पनि घर पाउन नसकेको अवस्था छ ।

कसरी हुुन्छ आफ्नो र अरुको जीवनमा के कस्ता किसिमका घातक परिस्थति आईलाग्छ भन्ने सोंच नपुराई खाली पैसा कमाउने चेष्टामा लागि पछाडि कुदिरहेको अवस्था देखिन्छ । ब्रोइलर कुखुरा त झनै महाक्यान्सर रोगको अखडा नै मानिन्छ । यो विषयमा कहिल्यै सोंच विचार गर्ने फुर्सद हामीलाई ? वास्तवमा आज मानिसहरु मासु त्याग्दै जाने र मांसाहारीबाट शाकाहारीमा रुपान्त्रण हुदैँ जाने हो भने अवश्य रोगहरुको समाधान हुनमा निश्चित छ । यस्ता महामारी रोगहरुबाट आफूलाई रोगको संक्रमणदेखि बचाउन केहि सावधानी अपनाउनुपर्छ भन्ने रेडियो एवम् पत्रपत्रिका मार्फत जन समूदायमा सूचना सम्प्रेशण गरिरहेको हून्छ । जस्तै एक आपसमा नजदिक भएर नबसौं, जथाभावी बाहिरको खाने कुराहरु खाने नगरौं, सर–सफाईमा विशेष ध्यान पूर्याउने गरौं, हातहरु राम्रोसँग धोएर खाना खाने गरौं, भीडभाडबाट टाढा रहने गरौं, साथी-भाइहरुसित भेट– घाटमा हात नमिलाएर केवल नमस्तेबाट सम्बोधन गर्ने गरौं आदि-आदि । यसबाट पनि भाइरसदेखि सुुरक्षित रहने सावधानीका उपायहरु महत्वपूर्ण मानिन्छ । अझै महत्वपूूर्णको विषय के छ भने सुरक्षित रहने उपायहरु, यदि सकिन्छ भने माछा-मासु, नशालु ,अलकोहल पदार्थ, तम्बाखु गुठ्खाजन्य पदार्थबाट शारिरिक तथा मानसिकतामा नकारात्मक असर नपुराई रहेको हुुन्छ र यस्ता विषादि चिजहरुबाट टाढै रहन सक्दा यो पनि एक सावधानी तथा सुरक्षित रहने विकल्प हो ।

यस्ता विषादी चिजहरुले स्मरण शक्ति, महशूष शक्ति, अध्ययन शक्ति, निर्णय शक्ति, जाञ्च गर्ने शक्तिमा ह्रास, गराईरहेको अवस्था हून्छ । अनि शारीरीक रुपमा शरीरका विभिन्न भित्रि–बाहिरी अंगहरु, आमासय पाचन शक्ति क्रियाहरु, जस्तै आञ्खा, दाञ्त, कान, छाला, गिजा, घाञ्टी, रगत लगायत मूटू, कलेजो, किडनी, फोक्सो, आन्द्रा आदि समस्याहरु हूने यहि विषादि चिजहरु कारक हून् । किन भने यि सबै विषादि चिजहरुबाट सर्वप्रथम रगत दूषित बनाउने काम गरिरहेको हुुन्छ, रगत दूषित हूनूको कारण नै सबै रोगहरुको निउमा बिउ बनिरहेको हून्छ । अतः जस्तै मधूमेह, ग्यास्ट्रिक, अल्सर, पायल्स, ब्लड क्यान्सर, हाई तथा लो ब्लड प्रेसर, आदि-इत्यादि रोगको समस्याहरुले शारीरीक तथा मानसिक कमजोर अवस्था बनाईरहेको हून्छ जसले महा संकटको रुपमा उत्पन्न हूने भाईरसले सहजै आक्रमण गर्ने गर्छ, आक्रमणबाट संक्रमण अवस्थामा पूर्याएर ज्यान समेत लिने गर्छ र लिईरहेको अवस्था पनि छ। त्यसैले यस्ता भाईरसबाट सुरक्षित रहनका लागि यदि मानसिक र शारीरीक अवस्था शक्तिशाली बनाउनू हो भने यस्ता विषादि चिजहरुबाट सञ्धै टाढा रहने गर्नू पर्छ । र यस्ता चिजहरुबाट, खराब आचरण कुुलतसँगबाट सँधैका लागि परित्याग गर्ने अठोट प्रण गर्ने हो भने हामीले आध्यात्मा तर्फ झुकाव र मर्यादा अवश्य राख्न सक्नुुपर्छ । हामीले यो कूरा जान्नुपर्ने अत्यन्तै जरुरी छ कि जीवन सन्तुुलित रुपमा स्वस्थ्य रहनको लागि सर्वप्रथम रगत र मानसिक स्वस्थ्य राख्न जरुरी छ । आजको भयावह माहामारी आईलागेको विकट विषम परिस्थति यो एक emergency problem हो ।

यस्ता आपतकालिन संकटमा सुरक्षित रहन (WHO) विश्व स्वास्थ्य संगठनद्वारा गरिएको नियमित निर्देशनलाई नित्य रुपमा पालन गर्ने र गराउने हामी सबै मानवको साझा दायियत्व हो । आजको यो विषम संकमा औषधिमूलक पानीको पूूर्वतयारी नभएको अवस्थामा (WHO) विश्व स्वास्थ्य संगठनले दिएको निर्देशनलाई ध्यानमा राख्दै यस्ता महा संकट महामारी सित जुध्न हामीले आँना मनोबलको अवस्था दरीलो बनाउन अत्यन्तै जरुरी छ, मनोबलको अवस्था दरीलो बनाउन सकारात्मक चिंतन र सबै प्रति शूभ भावनाको चिन्तनले पनि धेरै नै मद्दत पूग्नेछ भन्ने मलाई पुर्ण विश्वास छ । किन भने मैले आफ्नो जीवनमा सकारात्मक चिन्तन र शुभ भावनाको चिन्तनलाई Practical रुपमा प्रयोग गर्दा अनुभव गरेको अझैपनि ताजा स्मरण मानसपटलमा छ । आज मानवमा सोंच यति घिनौना भइसकेको छ कि जब एउटा केहि निउ समाजमा आईलाग्यो भने त्यसबाट सयगूणा फाइदा उठाउन कालाबजारी गरिरहेको हून्छ । कसरी भने अहिले यो माहामारीको समयमा 20 रुपैयामा पाईने मास 50 रुपैयामा बेचिरहेको सून्नमा आउछ । मास मात्र नभएर अन्य खाद्यय वस्तू देखि लिएर अति आवश्यक्ता उपभोग्य वस्तुहरुको कालाबजारी गरिरहेको हुुन्छ । यो सत्य कूरा हो, किन भने मैले स्वयं आफैले पनि जुनबेला नाका बन्द भएको समयमा 1400 सय रुपैँयामा पाउने ग्यास सिलेण्डर 3000 रुपैयामा किनेर पेटमा जाउलो हाल्ने काम गरेको छू । कालाबजारी गर्नेलाई कारवाही गर्छाैं भनेर खोक्रो भाषण छाँटिरहेको हुन्छ, तर सम्बन्धित निकायहरुमा गूनासो पोख्न जादा कूनै पनि सूनवाई नै हुदैँन ।

खोक्रो भाषण पनि भाषण मै सिमित रहन्छ कसलाई के भन्ने ‘ कालाबजारी गर्ने सोंच हटाएर व्यापारी महोदयहरुले यस्तो अवस्थामा उचित दाममा बेचेर सहयोग पुर्याउने ठाउँमा मौकाको फाइदा उठाउनमा नै ध्यान जान्छ आजको व्यापारी महोदयहरुलाई । आखिरी त्यो माहामारी रोग भाइरस मासुु बेच्ने व्यापारीलाई लाग्न सक्दैन ? के अन्य समस्याहरु पनि आई लाग्दैन ? जब त्यो माहामारी संकट समस्या यदि ति मानवता नभएको व्यापारी महोदयमा आईलाग्छ भने उक्त अवस्थामा उसमा भएको मास लगायत सबै चिजहरु बेकार हुनेछन् । Money mind भएको मानिसहरुको सोंच देख्दा उदेग नै लाग्छ । यस्तो मति अपनाउनुु भनेको दरिद्रपनको निशानी हो ।

यसैको बारेमा छोटो चूटकिला पढौं है त

हरे नारायण उफ…कसलाई के भन्नु र ‘ अहिलेका मानिसहरुलाई ठम्म्याउनै गाह्रो, को नक्कली, को सक्कली । जसले कालाबजारी गरिरहेको छ, उसैको मुुखबाट काला बजारी गर्नेलाई नियन्त्रणमा लिनुुपर्छ, कडा भन्दा कडा कार्वाही गर्नुुपर्छ भन्दै थोत्रो शब्द भट्याइरहेको हुुन्छ गजबको छ बा …‘ कुुरै गरेर साध्य नै छैन ।

मानिस शाकाहारी प्राणिको रुपमा मान्ने गरिन्छ । आज Medical science को मान्यता छ । मानिसको शरिरमा रगत दिनुपर्दा मानिसको रतत नै आवश्यक पर्छ । अन्य पशु तथा जिव-जन्तुहरुको रगत प्रतिबन्द गरिन्छ किन ? किन भने यदि मानिसको शरीरमा अन्य जन्तूरुको रगत दिने गरेमा मानिसको शरीरमा बाँकि रहेको रगत सित Match हुन नसक्दा मानिसको मस्तिष्कमा नकारात्मक असर पर्ने हुुँदा अस्वस्थ र अस्तव्यस्त अवस्थमा पु¥याइरहेको लक्षण तथा प्रतिक्रिया देखा पर्न थाल्छ । एउटा जटिल प्रश्न Medical science समक्ष किन र के का विषयमा राखिन्छ भने, जब मानिसको शरीरमा अन्य जिव-जन्तू प्राणिको रगत प्रतिबन्द लगाइन्छ भने अन्य प्राणिको मासु खाने सन्दर्भमा प्रतिबन्द किन लगाइन्न ? तसर्थ यदि मासं खाने सन्दर्भमा पनि प्रतिबन्द लगाइ दिने हो भने सायद मानिसहरु पूर्ण रुपमा स्वस्थ्य जीवन रहेर जीवन जिउने वातावरण सहज मिल्ने थियो कि ?

corona virus सबै भन्दा खतरायूक्त रोग भएको हूदा तिब्र रुपमा मानिसहरुको ज्यान लिइरहेको अवस्थाले जनमानसमा त्रसितपूर्ण वातावरण बनाइरहेको अवस्था छ । हून त यो एकदमै जटिल भन्दा जटिल समस्या पनि हो । सामन्य भन्दा रोकथाम नियन्त्रण गर्नाका लागि ढिला-सुस्ती गर्ने अवस्था पनि छैन ।

महा-बिकराल समस्या भनेर जनमानसमा नकारात्मक असर पनि पूर्याउनू छैन । यो महाघातक virus को भविश्य वाणि अमेरीकाको Dean koontze लेखकले आँना The eyes of darkness नामक पूस्तकमा लेखेका थिए । उक्त भविश्यवाणि सम्बन्धि उनका पूस्तकमा उल्लेखित यस प्रकारको छ, सन् 1983 मा पूस्तक लेख्दा आजको 40 वर्ष पछाडि (सन् 2020) मा महामारीको रुपमा virus भन्ने रोग स्थानको नाम समेत तोक्दै चाईनाको wuhan भन्ने शहरबाट विश्वव्यापि रुपमा फैलिने छ, विनासको उग्ररुप लिने छ र फेरी बिचमा हराएर जानेछ पूनः 10 वर्ष पछाडि यहि virus रोग दोहरीने छ भन्ने भविश्यवाणि गरेका थिए । यो भविश्यवाणि अहिले हुबहु सतप्रतिशत मिल्न गएको छ । यो भविश्य गर्नुको पछाडि रहस्य आध्यात्मा रशस्य सित जोडिएको छ । यस पृथ्वीमा केहि खतराको संकेत signal दिनू छ भने कूनै पनि पशू–पक्षि, जिव–जन्तूहरुको लषण तथा मानवका भविश्य वाणि द्वारा दिईरहेको हून्छ । तर कूनै पनि खतरको signal संकेतलाई बूझाईको कमीले वा वेवास्ता गर्नाले यसमा हामीले भारी क्षति ब्योहर्ने गर्छाैं । क्षति भईसकेपछि पछि पछुताउने गर्छाैं । यो हाम्रो महान कमजोरी हो । यो हामीमा कमजोरी हूनको मूख्य कारण हो, म भन्ने कस्तो प्राणि हो ? म मांसाहारी हो या शाकाहारी प्राणि हो भन्ने सन्दर्भमा आफ्नो अस्तित्वलाई बिर्सेर सूझबूझ गूमाउदै अन्धकारको नेत्रहरु भने जस्तै The eyes of darkness नामक पूस्तक संग मेल खाने गर्छ । अंधकारका नेत्रहरु भन्नु र अंधकारका नेत्रहिन भन्नु एउटै भाव बूझाउने गर्छ ।

The eyes of darkness नामक पूस्तक आध्यात्मा सित किन जोडिएको छ ? भने आध्यात्मा view बाट अध्ययन गरेर हेर्दा आजको हामी मानव अज्ञानको अंधकारमा नेत्रहिन जस्तै अवस्थामा छौं । कसरी भने हामी मानव के-कस्ता प्राणिको अन्तर्गत पर्छाैं ? हामी मानवले के खाने, के नखाने ? भन्ने विषयमा थाहा नभएको अवस्थामा छौं । तसर्थ यहि नेत्र आञ्खामा ज्योति प्रका हूदो हो अथवा हामी को हौंं र हाम्रो असतित्व केहो ? भन्ने सन्दर्भमा ज्ञान हूनेथ्यो भने सायद अरु निर्दाेस प्राणिको जिवघात गरेर मासूको भोगी बन्ने थिएनौं होला पक्कै पनि । यसरी अन्य पशू-पक्षिहरु माथी दयाभाव जगाउन र मासूको भोगीबाट मूक्त रहने प्रतिज्ञा गर्छाैं भने सायद मलाई लाग्छ ति महान Dean koontze Writer व्यक्तिले The eyes या darkness को नाम सच्चाएर The eyes of lightness नामक पुस्तक लेख्ने थियो होला ‘

The eyes of darkness नामक पुस्तकलाई शूरुमा त्यति महत्व दिएको थिएन होला सायद तर, आज यस पुुस्तक हाम्रा लागि हिराको रुपमा साबित बन्न पूगेको अवस्था छ । किनभने यस शब्दको भविष्यवाणीले कहिल्यै नबिर्सने हाम्रो मस्तिष्कमा ठेस पु¥याएको छ । जसले दिन खोजेको भविश्यमा आउने महा संकटको इशारा बूझ्न नसकेकोमा । यस विषयलाई अरुले कसरी बूझेका छन् ? यो म भन्न सक्दिन, तर मेरो बुुझाइमा म के भन्न चाहन्छुु भने, अहिले वर्तमान समयमा आएको महा संकट corona virus को रुपमा समय काल चक्र हामी मानवलाई दण्डीतको रुपमा चेतवानी दिन आएको रहेछ । कि हेर मानव तिमीले आफ्ना असतित्व किन गुुमाइरहेका छौ ? तिमीहरुले आफ्ना जीवन पद्धति शैलि र रहन–सहन व्यवहार संस्कार दानव अशुर जस्तै किन बनाइरहेका छौ ?

अब तिमीले आफमा झाञ्केर हेर्ने प्रयास गर, अनि खानपान, रहनसहन जीवन पद्धति शैलिमा परिवर्तन ल्याउने कोशिस गर, पूनः म अबको 10 वर्ष पछाडि अहिलेको रुप भन्दा भयानक बिकराल रुप लिएर फर्केर आउने छू, को कति परिवर्तन भएका रहेछन् ? भन्ने भविष्य वाणिले यो चेतावनीको संकेत गरेको जस्तो लाग्छ । यस्ता किसिमको चेतावनीको संकेतलाई हामीले नबझ्नुु भनेको यो भन्दा दुर्भाग्य अरु के नै हुुन सक्छ र ‘ Spiritual philosophy को अध्ययन र अनुुभवको आधारबाट म के भन्न चाहन्छु भने Philosophy mind या darkness वास्तवमा बाहिरी शारिरिक नेत्र नभएर भित्री बूद्धिरुपि नेत्रका लागि भन्न खोजिएको हो भन्ने यसरी ठम्याउने गरेको छु । यस सृष्टिमञ्चको मानवहरु सबै एकप्रकार Philosophy mind का हुन्छन् । तर Philosophy कसरी कहलाउछन ? भने जब कूनै रहस्ययुक्त विषयहरुका बारेमा मनोवैज्ञानिक ढंगबाट खोज र अनूसन्धान गर्नका लागि विचार तथा चिंतन चलाएर ठोस प्रमाणहरु सत्य-तथ्य, सहि र बेठिकको निर्णय पत्ता लगाउन बूद्धिको प्रयोग गर्ने गर्छ ।

बुुद्धिलाई मनोवैज्ञानिक ढंगबाट प्रयोग गर्ने व्यक्ति नै Philosophy कहलाउने गर्छ । जसरी 40 वर्ष अगाडि गरेको भविश्य वाणि ठ्याक्कै अहिले 40 वर्ष पछाडि हूबहू मिल्न गएको छ, यो Philosophy को गहन अध्ययनको परिणाम हो । र वर्तमान समयमा आएको महा संकट समस्या चेतावनीको रुपमा भविष्यमा आउने अझै बिकराल समस्या भयानक हूनेछ भन्ने इशारा बूझ्नका लागि पनि मनोवैज्ञानिको चाबि बुुद्धिमा प्रयोग गर्नुुपर्ने हुुन्छ, मनोवैज्ञानिकको चाबि जसले प्रयोग गर्छ उसैले आफ्ना सुुरक्षितको उपायहरु समयमा नै सावधानी अपनाउन सक्छ । त्यो सावधानी हो जीवनशैलि पद्धतिमा परिवर्तन ल्याउनू । यहाँहरुलाई स्मरण रहोस् हामी मानव मांसाहारी नभएर शाकाहारी प्राणि हौं । जस तल दिएको तालिकाबाट प्रष्ट हुने गर्छ ।

Novel corona virus को बारेमा corona virus द्वारा उत्पत्ति भएको भन्ने विषयमा खोज र अध्ययनबाट अझै पुष्टि हुनसकेका छैन र खोप तथा औषधिहरुको अध्ययनको साथसाथै corona virus के द्वारा उत्पत्ती भएको हो भन्ने सन्दर्भमा वैज्ञानिकहरुबाट अनुसन्धान प्रयास जारी नै छ । Spiritual philosophy को अध्ययनको आधार तथा अनुभवबाट मलाई जहाँसम्म के लाग्छ भने आज हाम्रो मानव मस्तिष्क यति दूषित भइसकेको अवस्था छ । अहिले वर्तमान समयमा एक अनौठो प्रकारको Novel corona virus नाम गरेको रोगले सिंगै विश्वमा भूकम्प जस्तै हलचल मच्चाई रहेको अवस्था छ । अनौठो प्रकारको नहोस् पनि कसरी ‘ जब हाम्रै मानव मस्तिष्कबाट समाजमा अनौठो प्रकारको घटनाहरु घटिरहेको हुन्छ । कहिल्यै कल्पना नगरेका आश्चर्य घटना । जस्तै बाबूबाट छोरी बलत्कार, दाजूबाट बहिनी बलत्कार, मामाबाट भान्जि बलात्कार, नातीबाट हजूरआमा बलत्कार आदि–ईत्यादि । यहि मस्तिष्कमा उत्पन्न भएको घिनौना संकल्प विचारहरुद्वारा प्रकृति वायूमण्डलमा नकारात्मक असर पार्दे वायूमण्डल प्रदूषण बनाईरहेको हून्छ । धूंवा–धूलोबाट मात्र वायूमण्डल प्रदूषण बनाउछ भन्ने मान्यता लिनू सरसरति गलत हो । मस्तिष्कद्वारा पनि प्रकृति वायुुमण्डल प्रदूषण हुुने गर्छ । त्यहि प्रदूषणबाट यस्ता अनौठा प्रकारका virus हरु प्रकृति वायूमण्डलमा जन्म हुुने गर्छ । किन भने हाम्रा मस्तिष्कमा उत्पन्न हुुने दूषित संकल्प विचारका तरगंहरु पनि अदृष्य हूने गर्छ र अदृष्यबाट जन्म भएको virus पनि अदृष्य नै हूने गर्छ । मानव दूषित मस्तिष्कद्वारा वायूमण्डलमा उत्पन्न भएको virus मानव मस्तिष्कमा नै Reflect हूने गर्छ ।

जस्तै भित्तामा हिर्काएको वस्तू आफैतिर Reflect हूने गर्छ अथवा गूफामा जोरसंग आवाज दिदा त्यो आवाज आफैतिर Reflect हूने गर्छ । एवं प्रकार त्यहि Reflect हूने उपहार प्रकृतिले मानवलाई दिएका हून् । र यहि उपहार मानवका लागि अभिशाप हूनेगर्छ । के गर्ने गल्ती आफैलाई नऔंल्याएर कस तर्फ औंल्याउने ? हामीले प्रकृतिलाई जे दिन्छौं प्रकृतिबाट त्यहि पाउछौं । शूद्ध विचारको vibration दिन्छौं भने प्रकृतिले पनि मानवलाई शुुद्ध वातावरण दिन्छ । मानवले मस्तिष्कद्वारा प्रकृति वायुुमण्डलमा dirty vibration दिनू भनेको प्रकृतिको जीवघात गरे जस्तै हो ।

तसर्थ हामी मानवले जबसम्म दानव आंसूरी आहार जीवनबाट त्याग्न सक्दैनौ तब सम्म हाम्रा मस्तिष्कको सोंच शूद्धतामा कहिल्यै परिवर्तन हून सक्दैन । यदि मानव मस्तिष्कको सोंचमा परिवर्तन ल्याउनू हो भने सृष्टिबिध नियम अनूसार चल्नू पर्ने हुुन्छ । मानवले शाकाहारीलाई आहारालाई लत्याएर मासांहारी तर्फ जोर आकर्षित हुुन्छ भने सृष्टिबिध नियमको विपरीत हुुनजान्छ, यदि सृष्टिबिध नियमको विपरीत भएमा यसको परिणाम भारी मुल्य चुकाउनुपर्ने हुुन्छ । र चुकाई पनि रहेका छौं । यो भन्दा अझै कति भारी रुपमा मूूल्य चुकाउनुपर्ने हो यो आउने वाला भावी समयले नै बताउँछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।