ताजा अपडेट »

बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा दिन निर्देशन

आइतबार, ०९ चैत्र २०७६, १६ : ३३
2 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट बैंकिङ सेवा दिन निर्देशन दिएको छ । विश्वमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राष्ट्र बैंकले बैंकमा पर्ने अत्यावश्यक बाहेक अन्य सेवा घरमा नै बसेर गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकिङ सेवा दिन कार्यालयमा आउने कर्मचारीलाई अनिवार्य रुपले सुरक्षाका उपाय अपनाउन,सेवाग्राहीलाई भिडभाड नगर्न र विद्युतीय माध्यमबाट कारोबार बढाउन अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।