ताजा अपडेट »

नेकपाको सक्रियतामा दसगजामा स्वास्थ्य चेकजाच, राहदानी बाहक पर्यटक आगमन शून्य

आइतबार, ०९ चैत्र २०७६, १५ : ५८
4 Shares

लुम्बिनी । स्थल मार्ग हुँदै सबैभन्दा बढि पर्यटक भित्रिने नेपाल-भारत सीमा नाका बेलहिया स्थित दसगजामा नेकपा स्थानिय कमिटिको सक्रियतामा स्वास्थय चेकजाचमा कडाई गरिएको छ ।
उक्त नाकाबाट नेपाल प्रवेश गर्नेहरुको तापक्रम नाप्ने, स्यानेटाईजरबाट हात धुवाउने गरेर मात्रै प्रवेश गर्न दिईएको छ ।

सिद्धार्थ नगरपालिकाले तापक्रम नाप्ने उपकरण र दुईजना कर्मचारि उपलब्ध गराएर सहयोग गरिरहेको उक्त दसगजाको स्वास्थ्य चेकजाचमा स्थानिय बेलहिया स्थित नेकपाको वडा कमिटिले प्रत्येक पाटि सदस्यसँग सहयोग उठाएर स्यानेटाईजर खरिद गरेको वडा सचिवालय सदस्य रमेश थापाले बताए । उनले भने, “ हाम्रा साथिहरु बिहान ६ बजेदेखि राति १० बजेसम्म पालैपालो बसेर भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य चेकजाचमा सहयोग गरिरहेका छन् । थापाका अनुसार स्थानिय वडा कमिटिले पहिलो चरणमा ४५ हजार मूल्य बराबरको स्यानेटाईजर खरिद गरेको छ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस जतिबेला पनि नेपाल भित्रिन सक्ने हुदा भारतसंग सिमा जोडिएको वडाका बासिन्दा सचेत भई सकेसम्म रोग भित्रिन नदिन पुर्व सतर्कता अपनाएको दसगजाको हेल्प डेक्समा सेयानेटाईजर बाट हात धुन अनुरोध गर्दै बसेका नेकपा जिल्ला सदस्य धर्मराज गिरिले बताए ।

पाटिको अभियानलाई नगरपालिका सहित सेना, प्रहरी, सशस्त्रले पनि सहयोग गरिरहेको छ । उक्त नाकाबाट मोटरसाईकल, साईकल, चारपांग्रे सवारि साधन, मालबाहक गाडि, पैदल यात्रि गरेर आजभोलि दैनिक १५/१६ हजार जना जति ओहोर दोहोर गरिरहेको नेकपा नगर सचिवालय सदस्य रामु बस्नेतले बताए । उनले भने, “ दसगजाको स्वास्थय डेक्समा हात धुवाएर र तापक्रम नापजाच गरेर मात्रै नेपाल आउनेगरि व्यवस्था भएको छ । पाँचदिनदेखि हामी सबै खटिएका छौ । “
यता राहदानि बाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार शुक्रबार बेलहिया नाकाबाट एकजना पनि राहदानि बाहक विदेशि नेपाल प्रवेश गरेको पनि छैन । खनालले भने, “ बुधबार २ जना आए । बिहिबार र शुक्रबार एकजना पनि आएनन् ।“

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।