ताजा अपडेट »

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

आइतबार, ०९ चैत्र २०७६, १५ : ४२
18 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शीतल निवास पुगेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट भएको बताएका छन् । उनले भने, ‘उहाँहरूको भेटघाट नियमित हो। कुनै खास विषयमा छलफल भएको होइन ।’

आज दिउँसाे ४ बजेका लागि  मिर्गौला प्रत्यारोपणपछि पहिलाेपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।