ताजा अपडेट »

‘सक्किगोनि’ को प्रसारण स्थगित

आइतबार, ०९ चैत्र २०७६, १५ : १९
8 Shares

बुटवल । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको जनाइएको छ ।

सक्किगोनिका एक पात्र सुबोध गौतम ‘एकदुमे’ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’मा बस्ने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, -‘विश्वव्यापी कोरोना भाईरस (Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको 'लक डाउन'को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू 'सेल्फ क्यारेन्टाईन' मा बस्ने निर्णय गरेका छौँ । यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म 'सक्किगोनी'केही समय स्थगित हुने कुराको जानकारी गराउँदछौ । यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ’ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।