ताजा अपडेट »

कोरोनाको सन्त्रास: सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न आग्रह

आइतबार, ०९ चैत्र २०७६, १३ : ५०
2 Shares

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाललले कोभिड-१९ सङ्क्रमणबारे झुठा र अफवाह फैलाउनेभन्दा पनि सत्यतथ्य सूचना प्रवाह गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ । कोरोना भाइरसबारे कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालले झुठा समाचार प्रसारण प्रकाशन गरेर जनतामा त्रास फैलाइरहेको अवस्थामा सङ्घले आज प्रेस विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासङ्घले जारी गरेको सूचनालाई आत्मसात् गरी देशभर क्रियाशीलरूपमा रहेका पत्रकारले सत्यतथ्य सूचना प्रवाह गर्दै अरूलाई पनि बचाउन र सङ्क्रमण हुनबाट आफू पनि पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

“कोभिड–१९ सङ्क्रमणले विश्वलाई आक्रान्त पारिरहेको वर्तमान परिस्थितिमा पत्रकारले विशेष सावधानीका साथ सूचना सङ्कलन र सम्प्रेषण गर्न गराउन ध्यानाकर्षण गर्दछौँ, विभिन्न स्थानमा गई अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलन र सम्प्रेषण गर्ने सञ्चारकर्मीमा कोरोना भाइरस सर्नसक्ने बढी जोखिम हुने भएकाले सावधानी अपनाएर जोखिम न्यूनीकरण गर्न अनुरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सङ्घले बाहिरी सूचनाभन्दा आधिकारिक निकाय वा संस्थाको सूचना तथा जानकारीलाई आधार मान्न र तथ्यपूर्ण यथार्थ समाचार सम्प्रेषण गर्न, भ्रमपूर्ण तथ्यहीन समाचारलाई दुरुत्साहन गरी दोषीलाई नियन्त्रण गर्नसमेत अपिल गरेको छ ।

कार्यस्थल तथा समाचार सङ्कलनमा खटिएका आफ्ना सञ्चारकर्मीलाई सञ्चारगृहले मास्क, स्यानिटाइजर, पोशाकलगायतका सावधानीका साधन उपलब्ध गराउनुपर्ने, सकेसम्म इमेल तथा फोनमार्फत रिपोर्ट फाइल गर्ने व्यवस्था मिलाउनुपर्ने सङ्घको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।