ताजा अपडेट »

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

आइतबार, ०९ चैत्र २०७६, १३ : ४१
4 Shares

काठमाडौं । मृर्गौला पुनः प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले हालसम्मको कामको समीक्षा गर्न तथा कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गर्नका लागि आइतबार बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको पनि जनाइएको छ । यसअघि मृर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

हाल सोही समितिले सबै कार्ययोजना बनाएर कोरोना संक्रमण भित्रिन नदिन विभिन्न काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रको नाममा सम्बोधन समेत गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।