ताजा अपडेट »

इन्डोनेशियामा भेटियो मानिसको औँला जत्रै देखिने झिँगा

मंगलबार, १४ फागुन २०७५, ०९ : १६
8 Shares

फागुन १४ । सन् २०१२ मा दक्षिण भारतीय फिल्ममा ‘मक्खी’ रिलीज भएको थियो । यस फिल्मका मुख्य पात्रको भुमिका निभाएको एक एउटा यस्तो भिँगा थियो जुन साधारण भिँगा भन्दा बिल्कुलै फरक । तर, आज हामी एउटा यस्तो झिँगाको रियल लाईफको बारेमा चर्चा गर्नेछौँ ।

विश्वमा सबैभन्दा ठूलो झिँगाको खोज गरिएको छ । यसको आकार एक मानिसको औँला जत्रै देखिने उक्त झिँगा दशकैँ पहिले लोप भएको थियो । तर, अहिले यस प्रजातिको झिँगालाई इन्डोनेशियाको आइल्याण्डमा भेटिएको छ ।

लामो समयदेखि खोज पछि ठूलो प्रजाती एक मात्र जिवित झिँगा भेटिएको हो । साथै झिँगाको नाम ‘वैलेसजाइन्ट बी’ हो । यसको नाम प्रकृतिबादी र अनुसन्धान कर्ता रसेल वैलेसको नामबाट राखिएको हो । 

सन् १९८१ मा धेरै वैज्ञानिकहरुले यस झिगाँलार्ई अन्तिम समय देखेका थिए । तर, पछि यो प्रजाति भटिएको थिएन । यसको पहिलो तस्विर खिच्ने व्यक्ति ‘क्ले बोल्ट’ हुन् । 

किन यो झिगाँलाई खोज्दै छन् त बैज्ञानिक?

लगभग ६ सेमी पखेटा भएको बैलेस जाइन्ट बी विश्वको सबै भन्दा ठूलो झिँगा हो । जुन पोथी झिँगा जसले आफ्नो बासस्थान माटोको ढिस्कोमा रातो कमिलाले जस्तै गरि घर बनाउछन् ।

धमिरा र कमिलाबाट बचाउनको लागि आफ्नो ठूलो बङगारको प्रयोग गरेर रुखबाट निस्कने चप्याप च्याप पदार्थलाई जम्मा पारेर यसलाई आफ्नो गुणको हिफाजतको लागि प्रयोग गर्छन् । 
यो तराई इलाकाको जंगलमा प्रायः जसो पाईन्छ । 

वैलेसले चाल्र्स डार्विनसँग काम गर्दा इवाल्युसनको सिद्धान्तमा उनले भनेका थिए कि ‘एउटा ठुलो कालो बारुला जस्तै किरा जसको बंगारा  धेरै ठूलो छ ।’ 

यो झिँगा इन्डोनेशियाको उत्तर माल्युकश आइल्याण्डमा भेटिएको हो । आश गरिएको छ कि यस्ता लोप हुन लागेको किराको प्रजाती  त्यहाँ भटिन्छन् ।

 अहिले यस्ता किरा व्यापारको लागि कुनै कानुनी सुरक्षा छैन । 

पर्यावरण समुहद्धारा चलाइएको ग्लोवल वाइल्ड लाईफ कर्जभेसनले ‘लोप पूजाति’हरुको खोजको लागि  एक अभियान चलाएका छन् र यो खोज यही अभियानको एक अंश हो ।  -सिर्जना मिश्र ,एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।