७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बुटवल । पहाड र उच्च पहाडी कृषि उपजको व्यवसायीकरण गर्दै आएको पैचो पसलले बजारमा तरकारी तथा सिजनल कृषि उपजहरु अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । पैचो पसलले आज प्रेस नोट सार्वजानिक गर्दै विपद्का बेला सरकारलाई सघाउनु सबैको दाईत्व भएको बताएको छ । प्रेस नोटमा विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड- १९)को सामना गर्न यतिबेला हरेक नागरिकले धैर्य, संयम, एकता, साहस र त्याग देखाउने बेला भएको उल्लेख गरिएको छ ।

पैचोले कोरोना भाइरसको संभाव्य संक्रमणलाई रोक्न राज्यले थालेका हरेक कदममा सबैले साथ दिनु पर्ने बताउंदै संयुक्त रुपमा महामारी नेपालमा भित्रन नदिने अभियानमा पैचोले प्रतिबद्धता व्यक्त गरेको छ । पैचोका मिडिया तथा जनसम्पर्क निर्देशक शरण कर्माचार्यले प्रकाशित नोटमा सम्भावित महामारीबाट नागरिकलाई जोगाउन राज्यले गरेका पछिल्लो कदमबाट बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने आशंकाले उपभोक्ताले आवश्यकता भन्दा बढी सामाग्रहीहरु खरिद गर्ने परिपाटीको विकास भएको लेखिएको छ । बुटवल र यस आसपासका उपभोक्तालाई पैचोले तरकारी तथा स्थानीय दलहन एवं पहाडी सिजनल खाद्य उत्पादनको अभाव हुन नदिन हर सम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाएको छ । उपभोक्तालाई सहज र सुलभ तरिकाले तरकारी तथा खाद्य उत्पादन उपलब्ध गराउन अन्य दिनभन्दा बढी अनुपातमा कृषि उपजहरु बुटवल आपुर्ति गर्न पैचो आवद्ध किसानहरुलाई पैचोले आग्रह गरेको नोटमा जनाईएको छ । बजारमा अभाव भएका बेला बढी मुल्य लिने प्रबृर्ती प्रति असहमती राख्दै पैचोले बिपदमा पैचो र पैचोसंग जोडिएका हजारौं किसानहरु मिलेर संयुक्तरुपमा सरकारले चालेको कदमलाई सघाउन तत्पर रहेको उल्लेख गरेको छ ।

प्रेस नोटमा पहाडी तरकारी तथा कृषि उपजहरुको प्रयोगले मानीसमा रोग संग लड्न सक्ने शक्ति प्रदान गर्दछ भन्ने बिज्ञानसम्मत तथ्यलाई स्मरण गर्दै उपभोक्तालाई आहार बिहार र जिवनशैलीमा परिवर्तन गरि आफु स्वस्थ बन्ने र अरुलाई पनि स्वस्थ बनाउने कार्यमा लाग्न आह्वान गरेको छ । बिश्व स्वास्थ्य संगठन सहित राज्यका सरोकार निकायले आह्वान गरेको बिधिलाई पालना गर्दै आफु स्वस्थ रहने र अर्कोलाई पनि स्वस्थ राख्ने काम मात्र गर्न सके मात्र कोरोना भाइरससंग सजिलै लड्न सकीने पैचोले सुझाएको छ । पैचोले बुटवलको सुख्खानगरबाट पहाडी तरकारी तथा कृषि उपजहरु बिक्रि बितरण गर्दै आएको छ भने गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा मधेस उत्पादित दैनीक उपभोग्य वस्तु उपलब्ध गराउंदै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले