ताजा अपडेट »

यी हुन् बन्द नहुने अत्यावश्यक सेवा(पूरा विवरणसहित)

आइतबार, ०९ चैत्र २०७६, ०८ : २३
8 Shares

बुटवल । कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले अत्यावश्यक सेवा अन्तर्गतका सेवाहरु यसप्रकार रहेका छन्ः 

१. डाँक तार वा टेलिफोन सेवा 
२.जल, स्थल वा हवाईमार्गमा यात्री वा मालसमान ओसारपसार गर्ने यातायात सेवा 
३. हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत  गर्ने कामसंग सम्बन्धीत सेवा 
४. हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसमान ओसार पसार गर्ने  वा राख्ने  झिक्ने वा थन्क्याउने कामसंग सम्बन्धित सेवा 
५.प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धित सेवा 
६. हातहतियार खरखजान वा अरु कुनै सैनिक सरसमानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसंग सम्बन्धित नेपाल सरकार रक्षा व्यावस्थाको कुनै सेवा 
७. सञ्चार सेवा 
८. आन्तरिक सुरक्षा कार्यसंग समवन्धित सेवा 
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा 
१०. पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धि सेवा 
११. पेट्रोलियम पदार्थ (एल्पी ग्यास समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धि सेवा 
१२. अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र सञ्चालन सम्बन्धि सेवा (एम्बुलेन्स सेवा)
१३. औषधि निर्माण तथा बिक्रि  वितरण  सम्बन्धि सेवा 
१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, पूर्वाधर निर्माण र संकलन स्थल एवं व्यावस्थापन क्षेत्रसंग सम्बन्धित सेवा 
१५. बैंकिङ, बिमा तथा विद्युत सेवा 
१६. दैनिक उपभोग्य बस्तुहरु (खाद्यान्न, दाल चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धि सेवा
१७. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा 

त्यस्तै, अहिलेको परिस्थितीलाई ध्यानमा राख्दै सरकारले निम्नअनुसारका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । 

१. नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू चैत १० देखि २१ गते सम्म सञ्चालनमा रोक 
२. सबै अन्तर्रा्ष्ट्रिय हवाई उडानहरु आगामी चैत १० गते देखि १८ गतेसम्मको लागि स्थगित 
३. देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द 
४. मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द 
५. विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परीक्षाहरु हाललाई स्थगित 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।