ताजा अपडेट »

अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द

आइतबार, ०९ चैत्र २०७६, ०७ : ३६
4 Shares

बुटवल । अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आजबाट आगामी चैत २१ गतेसम्मको लागि बन्द गरिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सरकारले केही अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

आजबाट नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत १८ गतेसम्मको लागि स्थगित गरिएको छ । यस्तै भोलि चैत १० देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा समेत रोक लगाइएको छ । तर, केही अत्यावश्यक सेवा भने यसबीचमा पनि बन्द नहुने बताइएकाे छ ।

कोभिड-१९ को महामारीका बेला पनि टेलिफोन तथा इन्टरनेट सेवा,अस्पताल तथा स्वास्थ्य सेवा,होटल तथा रेष्टुराँ,पेट्रोलियम पदार्थको विक्री वितरण तथा ढुवानी, औषधि पसल, फोहोरमैला उठाउने काम र बैंक, बीमा कम्पनी तथा विद्युत सेवाहरु भने नियमित सञ्चालन हुनेछन् ।

यस्तै खानेपानीको विक्रीवितरण,दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण, हुलाक सेवा, सञ्चारमाध्यम, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा,आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा र प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धी सेवा पनि सञ्चालनमा रहनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।