ताजा अपडेट »

कोरोना, कोहि नरोना

शनिबार, ०८ चैत्र २०७६, २३ : ०१
8 Shares

सबै ठिकठाक नियमित
आफनै तौरतरिकाबाट
दुनियाँ चलिरहे कै थियो ।
कोहि सपनाहरू पलाउँदै थिए ।
कोहि चाहाना चहार्दै थिए ।
कोहि भत्काउदै थिए।
कोहि थर्काउदै थिए ।
सपनाहरु ,चाहनाहरु
जन्माउने, हुर्काउने, तुआउने
पूूरा गर्ने, बिचमा छाड्ने
क्रम जारी नै थियो ।

केहि उत्साह र उत्सवका
कुराहरु हुदै थिए ।
जब कोरोना भाइरस
तिमी कोरा लाउँदै
चिनबाट विश्व भर्मण हिड्यौ ।
तब, विश्व युद्ध भन्दा कडा
महाभुकम्प भन्दा कडा
महात्रास लिएर आयौ ।

आज सिङ्गो ब्रह्माण्ड हल्लिएको छ
आणविक शक्ति सप्पन्न महाशक्तिहरु पनि
त्राइ त्राइ भैरहेका छन् ।
अकालमा धेरैले
आफ्नो जीवन गुमाइरहेका छन् ।
तर, तिम्रो यो अँध्यारो हर्कत
धेरै टिक्नेवाला छैन ।
आधिबेरी धेरै चल्नेवाला छैन ।
कोरोना तिम्रो अब छिट्टै नै
सर्वनास हुनेछ ।


अव फेरि सुनौलो बिहानी फिर्नेछ
सबैले फेरी खुसीको शास फेर्नेछ ।
फेरी सनातन दैनिकी चल्नेछन !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।