६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

कञ्चनपुर । भारतबाट फर्किँदै गरेका २ जनामा कोरोना संक्रमणको आशंकामा महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ। कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किने क्रममा तापक्रम एक सय भन्दा माथि देखिएपछि अस्पताल पठाइएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनीले जानकारी दिए।

स्वास्थ्य जाँचका क्रममा २ जना युवामा ज्वरो आएको पाइएपछि अस्पताल भर्ना गरिएको मरासिनीले बताए। भारतमा कोरोना संक्रमण देखिएपछि शनिबार मात्र गड्डाचौकी नाका भएर दिउँसोसम्म करिब सात हजार नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ। मरासिनीले एकैपटक हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएपछि सीमा क्षेत्रमा स्वास्थ्य चेक जाँचमा समस्या भएको बताए। शनिबार स्वदेश फर्किएकाहरुलाई भन्सार कार्यालयको खुला चौरमा जम्मा पारेर स्वास्थ्य जाँच गरेर घर पठाएको उनले जानकारी दिए।

भारतमा कोरोना संक्रमण फैलिएपछि दैनिक हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै