ताजा अपडेट »

कोरोनासँग जुझ्न ज्याक माले नेपालसहित ९ एसियाली मुलुकलाई सहयोग गर्ने

शनिबार, ०८ चैत्र २०७६, १४ : ४२
2 Shares

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति तथा चिनियाँ व्यवसायी ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।

माले एउटा ट्वीट गर्दै १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

यद्यपी कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन।

सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन्।

ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्। नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ।

अधिकारीहरूका अनुसार काठमाण्डूमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन्। त्यसबाहेक थप २३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको बताइएको छ । बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।