ताजा अपडेट »

स्थानीय तह र धार्मिक स्थल जोडेर गीत

सोमबार, १३ फागुन २०७५, २२ : १०
6 Shares


फागुन १३,

गुल्मी । गुल्मीको गाउँपालिका र धार्मिक स्थलहरुलाई जोडेर लोक गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक सागर पन्थको नयाँ लोकदोहोरी गीत “गाउँपालिका” बजारमा आएको छ ।
गुल्मीमा रहेका गाउँपालिका र त्यसभित्रका धार्मिक स्थलहरुलाई समेटेर नयाँ गीत सार्बजनिक भएको हो ।

माया प्रेममा आधारित रहेर गुल्मी जिल्लाका छत्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई जोडेर जिल्ला भरका धार्मिक एवम् पर्यटकीय स्थल जोडेर गीत तयार गरिएको गायक पन्थले बताए ।
गीतमा सागर पन्थकै लय, शव्द र स्वर सागर पन्थ र गायिका पबित्रा सर्तुङ्गे मगरको रहेको छ । गीतमा सङ्गीत संयोजन रामचन्द्र चन्दको रहेको छ । शैली क्रियशन मार्फत बजारमा ल्याइएको गीतमा स्वयम् गायक सागर पन्थकै अभीनय रहेको छ ।


गीतमा नीरुता भट्टराईले अभिनयमा साथ दिएकी छन् । भिडियोको निर्देशन भने सन्तोस बस्याल र सम्पादन हुम गैरेले गरेका छन् । गीतमा गुल्मी जिल्लाको सुन्दर अनी प्रसिद्ध ठाउँका परिवेशलाई समेटेर त्यसलाई माया प्रेमको माध्यमबाट ती ठाउँहरुमा बिताएका पल र सम्झनाहरुलाई स्मरण गर्दै दर्साइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।