ताजा अपडेट »

कोरोनाको डर: सांसद चौधरीले गरिन् भेटघाट बन्द

शुक्रबार, ०७ चैत्र २०७६, १७ : ५८
10 Shares

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले भेटघाट बन्द गरेकी छिन् । विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ लाई मध्ष्नजर गर्दै सांसद चौधरीले आजैदेखि सबै भेटघाट अनिश्चितकालको लागि स्थगित गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै लेखेकी छिन्, यो भाइरसको महामारीबाट जोगिन एक व्यक्ती अर्को  व्यक्तीमा सर्न दिनु हुदैन । सकेसम्म अति आवश्यक काम बाहेक आफ्नो घर डेरा बाट बाहिर ननिस्कने, भिडभाड नगर्ने, अरुकोमा नजाने, अरुलाई आउन नदिने र बेक्तिगत भेटघाट नगर्ने हो भने धेरै हदसम्म यो महामारी बढ्न बाट रोक्न सकिन्छ । केहि हप्ता हामीले येस्तो गर्नै पर्ने अबस्था आयो । म पनि आजबाट यो कुराको पालना गर्ने छु, कतै निस्कन्न र भेटघाट गर्दिन । सबैमा सचेत हुदै पूर्णरुपमा यी कुराहरु पालना गर्नु हुन आह्वान गर्दछु । हामि सबै मिलेको खण्डमा यो दुखद महामारीबाट जोगिन सक्छौ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।