ताजा अपडेट »

'हात्तीलाई कमिलाले जित्छ भन्ने कथन कोरोनाले पुष्टी गर्यो'

विहीबार, ०६ चैत्र २०७६, १५ : ४५
4 Shares

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विज्ञान र प्रविधिको चरम विकास हुदाँहुदै पनि कोराना भाइरसले मानिसलाई घरमै बन्दी बनाएको बताएका छन् । उनले चीनको वुहानबाट सुरु भएको (कोभिड-१९) ले मानव ईतिहासमा पहिलो पटक सबैभन्दा बढी त्रसित भएको बताए ।

भण्डारीले कोराना भाइरसको घटनाले मानिसको विकास र दम्भ कति कमजोर छ भन्ने कुराको पुष्टी भएको बताउँदै विश्वलाई नयाँ सोच र अनुसन्धानको आवश्यकता रहेको जोड दिए । उनले व्यङ्ग्य गर्दै भने –हात्तिलाई कमिलाले जित्छ भन्ने कथन वास्तविक जस्तै कोरोनाले पुष्टी गर्यो ।

भण्डारीले यो समय नयाँ विकल्पको खाजी, नेतृत्व क्षमताको प्रर्दशन गर्ने समय रहेको जिकिर गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।