ताजा अपडेट »

'कोरोनाको यो कठोर परीक्षा त पास गरौं केटा-केटी हो'

विहीबार, ०६ चैत्र २०७६, १४ : ५२
12 Shares

बुटवल । चीनको वुहानबाट सुरु भएको नोवेल कोराना भाइरस (कोभिड-१९) को महामारी विश्वव्यापीरूपमा फैलिँदै गएपछि यसको प्रभाव अहिले नेपाली कालाकारहरुलाई पर्न थालेको छ । चर्चित अभिनेता तथा हाँस्य कालाकार दिपकराज गिरीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ' 'कोरोनाको यो कठोर परिक्षा त पास गरौ केटा केटी हो,अन्य परिक्षा त, सास रहे न पास .....ब्यर्थै के को हतास? सरकारी निर्णय र सक्रियता स्वागत योग्य !!!'

उनले यो पनि लेखेका छन्,- 'सरकारले लामो छुट्टिको घोषणा गरे संगै धेरैको कानमा एउटा मीठो गीत गुन्जेको हुनु पर्छ“ आफ्नै गॉउ फर्कि आए...” सुरक्षित रहौ, बॉचौ, बचाऔ!!!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।