ताजा अपडेट »

सकियो राइज योर भ्वाइस सिजन–२,उपाधि साहिललाई

सोमबार, १३ फागुन २०७५, ०१ : २२
8 Shares


फागुन १३,
बुटवल । सगरमाथा डान्स एण्ट इभेण्ट म्यानेजमेण्ट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतियोगिता राइज योर भ्वाइस सिजन–२ को उपाधि साहिल अर्यालले जितेका छन् । उपाधिसँगै उनले यामाहाको एफजेड मोटरसाइकल,बागेश्वरी संगितालयमा तीनमहिने संगीत कोर्ष, म्यूजिक भिडियो निर्माण लगाएत विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरी आविष्कार बस्याल फ्रस्ट रनर अप भएका छन् भने राज चौधरी सेकण्ड रनर अप भएका छन् ।


उनीहरुले क्रमशः नगद रु ३० हजार र रु १५ हजार सहित म्यूजिक भिडियो निर्माण, विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । तीन महिना अघि सुरु भएको प्रतियोगिता विभिन्न चरण हुँदै शनिबार ग्राण्ड फिनाले सम्पन्न भएको हो ।संस्थाका प्रबन्ध निर्देशक मुकेश गुरुङको अध्यक्षता , एशिएन थाई फुुड्स प्रा.लि.का एरिया म्यानेजर दिपक बास्तोलाको प्रमुख आतिथ्यतामा भएको फिनालेमा चर्चित गायक तथा भ्वाइस अफ नेपालको कोच एवम् निर्णायक सनुुप पौडेलको प्रमुख निर्णायकमा विजेता लगाएत घोषणा गरिएको हो ।


फिनालेमा उत्कृष्ट १३ जनाले प्रतिष्पर्धा गरेका थिए । लुुम्बिनीका नयाँ गायन प्रतिभालाई प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ७५ जना सहभागी रहेको निर्णायक मण्डलका सदस्य तथा कार्यक्रमका संयोजक गायक प्रेम नेपालीले जानकारी गराए । त्यस्तै अर्का सदस्य नारायण थापाले प्रतियोगिताले उतकृष्ट प्रतिभा पहिचान तथा उत्पदान गरेको बताए । कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठ र सुदिप ढकालले गरेका थिए ।

पत्रकार सम्मानित


प्रतियोगिताको ग्राण्ड फिनालेकै अवसरमा विभिन्न सञ्चार माध्यममा रहेर कलाकारिता क्षेत्रका विषयमा कलम चलाउने र अवाज उठाउने सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । लामो समयदेखि कलाकारितामा कलम चलाएको भन्दै पत्रकार टि.आर.शर्मा, आवाजका माध्यमबाट कलाकारितामा योग्दान पुु¥याएको भन्दै रेडियोकर्मी सुमन श्रेष्ठ , पत्रकार तथा कलाकार सञ्जय सौगात , झविन्द्र देवकोटा र राजिव भुषाललाई आयोजकले सम्मान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।