ताजा अपडेट »

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

आइतबार, १२ फागुन २०७५, २३ : ४४
10 Shares

फागुन १२,
गुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर कैदीबन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यलय गुल्मीले जनाएको छ ।


२५ जनाको क्षमता रहेको ङ बर्गको कारागारमा अहिले ६९ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख उद्धब पन्थीले बताए । कुल ६९ जना मध्ये पुरुष ६२ जना , महिला ५ जना र २ जना आश्रीत नाबालक कारागारमा रहेको पन्थीले बताए ।


क्षमता भन्दा वढि कैदी बन्दी हुँदा कैदीबन्दीहरुलाई राख्नको लागि ठाउँ साँघुरो भएरको, प्रयाप्त खेलमैदान नभएको, आर्थिक पार्जनका लागि उधोगहरु खोल्नका लागि पनि समस्या भएको कारागार प्रमुख पन्थीको भनाई छ ।

जिर्ण अस्थामा रहेको भवनसँगै मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको जिल्ला कारागार गुल्मीका प्रमुख पन्थीले बताए । कारागर गुल्मीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरेर मुडा, ढाका बुनाई तथा सिलाई कटाईका कामहरु हुँदै आएको छ ।


जिल्ला कारागार गुल्मीबाट उत्पादन हुँने मुडा,ढाका बुनाई तथा सिलाई कटाईबाट वार्षिक ४० लाख बढीको आर्थिक कारोबार हुँदै आएको बताए । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ ।


कारागारमा उत्पादीत सामान एक पटक लगेका ब्याक्तिहरु स्तरिय र टिकाउ भएको भन्दै पुन आउने गरेकाले बिक्रीमा बजारको समस्या नभएको बताउछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।