ताजा अपडेट »

बुटवलमा आगलागी , नियन्त्रणमा लिने प्रयास जारी

आइतबार, १२ फागुन २०७५, २३ : १९
14 Shares

फागुन १२,
ग्लोबल आवाज

बुटवल । अमर पथ स्थित शंकर प्लाजामा आगलागी भएको छ ।करिब ९ बजे राती सुरु भएको आगो निभाउने प्रयास भएपनि नियन्त्रणमा आएको छैन । सोही स्थानमा रहेको रहेको लोयल होटलबाट सुरु भएको आगो प्रभु बैंकको एटीएम हुँदै फैलिएपनि खवर गरेको करिब एक घण्टामा मात्र दमकल आएको स्थानीय बासिन्दाको भनाई छ ।

यतिबेला बुटवल उपमहागर र अन्य दुुई दमकल आएपनि आगो नियन्त्रणमा जटिलता रहेको प्रतक्ष्यदर्शीको भनाई रहेको छ । प्रहरी ,दमकल र स्थानीयवासीको सहभागितामा आगो नियत्रणमा लिने प्रयास भइरहेको छ ।

स्मरण रहोस् एकवर्ष अघि सोही क्षेत्रमा भिषण आगालागी भएको थियो । उपमहानगरमा पटक–पटक आगलागी भएपनि नियन्त्रण संयन्त्र कमजोर रहेको छ । २ घण्टादेखि लागेको आगो निभाउने सक्रिय प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।