ताजा अपडेट »

योजना आयोगले बुझायो लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना

सोमबार, ०३ चैत्र २०७६, १८ : १०
6 Shares

बुटवल । प्रदेश गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले प्रदेश सरकारलाई बुझाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुख्यमन्त्री शंकर पोखरेल समक्ष अस्पतालको गुरुयोजना बुझाएका हुन् ।

गुरुयोजना बुझदै मुख्यमन्त्री पोखरेलले गुरुयोजना निर्माण गरेकोमा योजना आयोगलाई धन्यवाद दिदैँ डिपिआर तयार भएसँगै मुख्य भवन निर्माण गर्ने प्रक्रियामा प्रवेश गर्ने बताए । साथै उनले व्यवसाहिक भवन बन्दा बन्दै निजी क्षेत्रले आफ्ना घर आफैँ भत्काउन लागेको दृश्य देखिएको बताए । सरकारले टहरा भत्कायो भन्ने कुरामा आपत्ति गर्नु नपर्ने उनले बताए । अत्याधुनिक भवन र अत्याधुनिक सुविधा सहितको अस्पतालमा मुख्य भवन १० तलाको निर्माण गर्ने योजना रहेको छ । निर्माण सम्पन्न गर्नका लागि करसहित १४ अर्बको बजेटको अनुमान गरिएको छ । निकट भविष्यमा २० तलाको भवन बनाउने योजना रहेको छ ।

अहिले अस्पतालको नजिक रहेको वनको जग्गामा क्वाटर, अस्पतालको छतमा हेलिप्याड समेत हुने भएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरिएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।