ताजा अपडेट »

कांग्रेस कार्यालयमा ढुंगा हानाहान, १५ भन्दा बढी घाइते

आइतबार, १२ फागुन २०७५, १६ : ०७
6 Shares

फागुन १२,

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ।नेविसंघमा ३२ वर्षे हदबन्दीको बिषयमा सभापती शेरबहादुर देउवा पक्ष र अन्य पक्षका विद्यार्थी बिच झडप भएको हो।  दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले  लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् ।

दुई समुह जुलुससहित पार्टी कार्यालयमा पुगेको थियो । हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी थिए भने विपक्षमा पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा पार्टी कार्यालय पुगेका थिए ।

झडपका क्रममा १५ जनाभन्दा बढी घाइते भएको नेविसंघका निवर्तमान उपाध्यक्ष सुवेदीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।