ताजा अपडेट »

भरतमोहनको स्वास्थ्यअवस्था नाजुक, आईसीयुबाट निकाल्ने तयारी

आइतबार, १२ फागुन २०७५, १२ : ५६
8 Shares

फागुन १२,
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरबाट बाहिर निकालिने भएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको भनिए पनि सुधार नभएको बताइएको छ । नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु)मै राखेर गरिएको छ ।

गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो । ८२ वर्षीय अधिकारीको छातीमा समस्या देखिएपछि आईसीयुमा उपचाररत थिए ।

भरतमोहनका सम्धी कृष्ण प्रसाद आचार्यले भने, ‘उहाँलाई भेन्टिलेटरमा राखेको धेरै दिन भएकाले आजै बाहिर निकाल्ने तयारी छ ।तर, उहाँको स्वास्थ्य अवस्था एकदमै नाजुक छ ।’

अधिकारी तत्कालिन मनमोहन अधिकारी नेतृत्व सरकारका सफल अर्थमन्त्री हुन् । उनी ‘आफ्नो गाउँ आफैं बनाऔं र वृद्धवृद्धालाई भत्ता दिने’ जस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।