ताजा अपडेट »

भियतनाममा नक्कली किम र ट्रम्प पक्राउ

आइतबार, १२ फागुन २०७५, ०९ : १५
2 Shares

फागुन १२,

उत्तर कोरियाका नेता किम जङ् अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जना भियतनाममा पक्राउ परेका छन्। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले पक्राउ गरेर झपारेको हो।

ट्रम्प र किमबीच दोस्रो भेट ‘केही सातामै’ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए। सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ।

समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन्। किम जोङ्को नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन्। उनले एएफपीलाई भने, उनीहरूले नक्कल गर्न बन्द गर्न अन्यथा देशबाट बाहिर निकालिदिने भनेका छन्।

हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए।

अर्को साता साँच्चिकै शिखरवार्ता

अबको एक सातामा हनोइमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको दोस्रो शिखरवार्ता हुन लागेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले आफ्ना नेता किम जोङ उनले आउँदो बुधवार र बिहीवार हनोइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुन लागेको एक शिखरवार्ताको लागि देश छाडेको पुष्टि गरेको छ।

यो उक्त वार्ता हुनेबारे उत्तर कोरियाको पहिलो सार्वजनिक स्वीकारोक्ती समेत हो। किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर परको भियतनामी राजधानी पुग्नेछन्।

यी दुई नेताहरूबीच दोस्रोपटक हुन लागेको यस वार्तामा किमको टोलीमा उनका परमाणु मामिला दूत, विदेशमन्त्री र उनकी बहिनी छन्। -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।