ताजा अपडेट »

'कोरोनाले भाटभटेनीमा खाद्य सामग्री अभाव हुँदैन, मूल्य पनि यथावत'

शुक्रबार, ३० फागुन २०७६, १८ : ४५
30 Shares

बुटवल । भाटभटेनी सुपर मार्केटले हाल विश्वमा फैलिएको कोरोना संक्रमण र यसबाट नेपालमा परेको असरले खाद्य लगाएतका समानहरुको अभाव नहुने र बढी मूल्य समेत नपर्ने बताएको छ । स्टोरले संक्रमणको प्रभाव र असरमा पनि ग्राहकहरुलाई सहज र यथावत मूल्यमै सेवा प्रदान गर्ने बताएको हो । कोरोनाको संक्रमणले छिमेकी तथा अन्य राष्ट्रहरुबाट आयात रोकिने भन्दै बजारमा फैलिएको समयमा अभाव देखाएर बढी रकम अशुल्ने तथा महङ्गीको सन्दर्भमा भाटभटेनी सुपर मार्केटले भने पूरानै यथावत मूल्यमा सामान उपलब्ध गराउने जानकारी गराएको हो।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ्ग प्रदान गर्दै आएको भाटभटेनिका देशभर १८ स्टोर संचालनमा रहेका छन् । संक्रमणका कारण बजारमा अत्यावश्यक तथा खाद्यान्न सामग्रीको अभाव र कालो बजारी भइहालेपनि ग्राहकलाई आवश्यक सामान आफ्ना सबै स्टोरबाट सहज र शुपथ मूूल्यमा उपलब्ध गराइने भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बताए । कोरोना भाइरसका कारण विभिन्न देशका उडानहरु बन्द भएका छन्। सरकारले उच्च सतर्कता अप्नाउँदै सिमामा पनि कडाई गरेको छ । जसका कारण नेपालमा केही समयपछि सामग्री अभाव हुने समभावना भन्दै विभिन्न आवश्यक सामग्री अत्यधिक मात्रामा खरिद गर्नेहरुको संख्या बढ्दो छ । यस्तो अवस्थामा कालोबजारी हुुँदैछ भने कहीँकतै स्टक नै सकिएको छ । कोरोनाबाट पर्ने असरको पूर्वसन्ध्यामा भाटभटेनीमा भने प्रयाप्त मात्रमा स्टक राखेको प्रबन्ध निर्देशक गुरुङले बताए ।

द्वन्द्वकाल,महाभूकम्प,नाकाबन्दी लगाएतका विभिन्न संक्रमणकालिन अवस्थामा नेपालमा खाद्य लगाएतका सामग्रीको अभाव र कालोबजारी हुँदापनि हामीले सहज र शुपथ मूल्यमा उपभोक्तालाई आवश्यक सामग्री सहज र शुपथ मूल्यमा उपलब्ध गराएको उनले बताए । भक्तपुरमा १, ललितपुरमा २ ,काठमाण्डौंमा ९, सुनसरीको धरानमा १,मोरङ्गको विराटनगरमा १, चितवनमा १,पोखरामा १, रुपन्देहीको बुटवल र भैरहवामा गरी २ र बाँकेको नेपालगञ्जमा १ गरी जम्मा १८ स्टोर रहेको बताउँदै सबै स्टोर भएका सहर र सो क्षेत्र वरपरका उपभोक्तालाई आवश्यक सामग्री प्रयाप्त रहेको भाभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराइले बताए ।

संक्रमणको हल्लाले बजारमा त्रास फैलिएपनि कुनै देशले आयात बन्द नगरेको बताउँदै उपभोक्तालाई नआत्तिन स्टोरका प्रबन्ध निर्देशक गुरुङको आग्रह छ । उनले भने ‘सक्रमणका कारण वा अन्य कुनै कारणले बजारमा खाद्य लगाएत अन्य सामग्रीको अभाव भएतापनि हाम्रा हरेक स्टोरमा प्रयाप्त सामग्री छन् । एउटै स्टोरका लागि ६/७ स्टोर बराबर सामग्री स्टकमा रहेको छ । हामीसँग करिब एक वर्षका लागि आवश्यक सामान भएको हुँदा पुरानै तथा यथावत मूल्यमा नै सामान उपलब्ध गराउने छौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।