ताजा अपडेट »

मिस लिटिल नेवा लुम्बिनीको उपाधि बृष्टिलाई

शनिबार, ११ फागुन २०७५, २१ : २९
6 Shares

फागुन १२, ,

ग्लोबल आवाज

बुटवल । बरबेरी फेशन इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लिद्वारा आयोजित मिस लिटिल नेवा लुम्बिनी–११३९ को उपाधी बुटवलकी बृष्टि श्रेष्ठले जितेकी छिन । शनिबार बुटवलमा सम्पन्न प्रतियोगिताको फाइनल कार्यक्रममा १५० जना ९ वटा प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिस लिटिल नेवा लुम्बिनी–११३९ को ताज पहिरन सफल भएकी हुन ।

त्यस्तै प्रतियोगितामा फस्ट रनर अपको उपाधी निष्ठु श्रेष्ठले र सेकेन्ड रनरअपको उपाधी शौरभी श्रेष्ठले जित्न सफल भए भने प्राश्ना श्रेष्ठ मोस्ट ट्यालेन्ट, स्मृति श्रेष्ठ भ्यूअर च्वाईस र बेष भाषाको उपाधी जेनिशा श्रेष्ठले जितेका छन् । उनीहरु सबैलाई प्रमुख अतिथि नेप्लजि फेशन होम काठमाण्डौकी प्रमुख हेमा मानन्धरले ताज तथा मेडल र प्रमाण प्रत्र प्रदान गरेकी थिइन् ।


कार्यक्रममा बोल्दै हेमा मानन्धरले नेवारी कला संस्कृतिको संरक्षणमा यस्तो किसिमको प्रतियोगिताले उल्लेखनीय भूमिका खेलेको बताईन । आयोजक संस्थाकी प्रमुख एलिजा तुलाधर श्रेष्ठले नेवार समुदायका बालबालिकाको व्यक्तित्व तथा नेतृव विकास संगै उनीहरुमा सानैदेखि नेवारी संस्कृतिको ज्ञान होस भन्ने उदेशयले यो कार्यक्रम गरिएको बताइन् ।


कार्यक्रममा एम्स कलेज बुटवलका एक्टिभ क्याम्पस चिफ विकास श्रेष्ठ, र कोकुसिन सेइसिन कराते एशोसियसनका नेपाल चिफ अशोक कुमार श्रेष्ठ, मिस स्कुल प्रिन्सेस काठमाण्डौ एश्वर्या श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।