ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

शनिबार, ११ फागुन २०७५, १९ : ३०
12 Shares

फागुन ११,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी बुटवलमा जार २१औं लाली तिलोत्तमा गोल्डकप अन्तर्गत सेमिफाइनलका खेल सकिएका छन् । शनिबार सम्पन्न सेमिफाइनलको अन्तिम खेलमा भ्याली च्यासल यूूथ क्लब, काठमाण्डौंलाई १ का विरुद्ध ३ गोलगरी पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । सुरुदेखि नै च्यासललाई दवावमा राखेको पुलिसले पहिलो हाफको १५औ मिनेटमा पहिलो गोल गरेको थियो । पुलिसका विक्रम धिमालले गरेको गोलबाट अग्रता लिएको पुलिसले ५७ औं मिनेटमा पुनः अर्को गोल थप्यो । उक्त गोलपनि बिक्रमले नै गरेका हुन् ।


दोस्रो हाफको १३ औ मिनेटमा च्यासलका खेलाडी अमिर श्रेष्ठले रातो कार्ड प्राप्त गर्दै बाहिरिएपछि १० खेलाडीमा सिमित च्यासललाई पुलिसले ८० औं मिनेटमा अर्को गोल थप्यो । उक्त गोल पुलिसका रवि पाश्वानले गरेका थिए । खेलको अन्तिम चरणमा फर्मममा आएको च्यनसलले पुलिसलाई दवाव दिन सफल भयो । र, एकमात्र सान्तवना गोल गर्नपनि सफल भयो । उक्त गोल ९० औं मिनेटमा च्यासलका सन्त बहादुर गुुरुङले गरेका थिए । केही िमनेट अघिमात्र मैदानमा प्रवेश गरेका गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट गोल गरेका थिए ।


प्रतियोगितामा दुुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिस क्लबका स्ट्राइकर विक्रम धिमाल म्यान अफ दि म्याच भएका छन् । उनले नगद रु १० हजार पुरस्कार र मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लि.को तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । फाइन खेल १३ गते सोमबार विदेशी टिम दाफिन्स एफसी ,क्यामरुन र नेपाल पुलिस क्लब बीच हुने आयोजक रुपन्देही जिल्ला फुटवल संघका महासचिव लोक पुनले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।