ताजा अपडेट »

एनसेल मुख्यालयमा विष्फोट :३ जना घाइते, एकको अवस्था गम्भीर

शुक्रबार, १० फागुन २०७५, २३ : १८
4 Shares



फागुन १०,

काठमाण्डौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा विष्फोट भएको छ । शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेटमा भयानक विष्फोट भएको हो ।

विष्फोटमा परी ३ जना घाइते भएका छन् । उनीहरुको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । विस्फोटनका कारण आसपासका घर कम्पनसहित हल्लिएको स्थानीयको भनाई छ ।

घाइते हुनेहरुमा प्रतिक्षा खड्का, उषा मानन्धर र चीन प्रसाद गुरुङ रहेका छन् । उनीहरुमध्ये प्रतिक्षाको अल्का, उषाको बी एण्ड बी र चीन प्रसादको मेडिसिटीमा उपचार भईरहेको परिसरका एसपी गोविन्द थपलियाले जानकारी दिए । गुरुङको अवस्था गम्भीर रहेको छ ।

घटनाबारे विस्कृति विवरण आउन बाँकी रहेको छ । यसअघि बिहीबार राति बाग्लुङमा रहेको एनसेल टावरमा पनि आगजनी भएको थियो ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।