ताजा अपडेट »

स्थायी राजधानीका लागि कांग्रेसले जनप्रर्दशन गर्ने

बुधबार, २५ पुस २०७५, ०९ : ४९
4 Shares

२५ पुस,
बुटवल । प्रदेश ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा बृहत्त जनप्रर्दशन तथा खवरदारी सभा गर्ने भएको छ । सरकारले अस्थायी राजधानी तोकेको एक वर्ष पुग्न लागेपनि यो विषमा प्रदेश सरकारले स्थायी राजधानी तोक्न नसकेको भन्दै कांग्रेसले दाबाव मुलक कार्यक्रमको तयारी गरेको हो । नेकपाको सरकारले राजधानी बुटवलबाट सार्ने षडयन्त्र गरिरहेको भन्दै कांग्रेसले त्यसका विरुद्ध खवरदारी गर्न यस क्षेत्रका सर्बसाधारणहरुमा पनि अपिल गरेको छ ।

बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रुपन्देहीको विस्तारित वैठकले माघ ३ गर्ते केन्द्रिय नेताहरुको सहभागिता मा गर्ने खवरदारी सभाको तयारी तिव्र बनाउने निर्णय पनि गरेका छ । पार्टि सभापती अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले तयारीका लागि विभिन्न आघा दर्जन उपसमितिहरु पनि गठन गरेको छ । बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रुपन्देहीको विस्तारित वैठकले माघ ३ गर्ते केन्द्रिय नेताहरुको सहभागिता मा गर्ने खवरदारी सभाको तयारी तिव्र बनाउने निर्णय पनि गरेका छ । पार्टि सभापती अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले तयारीका लागि विभिन्न आघा दर्जन उपसमितिहरु पनि गठन गरेको छ ।

बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रुपन्देहीको विस्तारित वैठकले माघ ३ गर्ते केन्द्रिय नेताहरुको सहभागिता मा गर्ने खवरदारी सभाको तयारी तिव्र बनाउने निर्णय पनि गरेका छ ।
पार्टि सभापती अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले तयारीका लागि विभिन्न आघा दर्जन उपसमितिहरु पनि गठन गरेको छ ।

वैठकले आर्थिक व्यवस्थापन, मञ्च, प्रचार प्रसार, यातायात, समन्य लगायतका उपसमितिहरु गठन गरेको छ । माघ ३ गते बुटवलमा हुने बृहत सभामा नेपाली कांग्रेस संसदिय दलका प्रम्ुख सचेतक वालकृष्ण खांण, पार्टिका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल मान वहादुर विक लगायत विभिन्न जिल्लाका जिल्ला नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभा पुर्व बृहत जनप्रर्दशन समेत गर्ने र त्यसका लागि कांग्रेसका विभिन्न भातृ संगठनहरुको व्यापक परिचालन गर्ने कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खांणले जानकारी दिनु भयो । माघ ३ गते बुटवल जाऔं प्रदेश राजधानी सार्ने षडयन्त्रको भण्डाफोर गरौं भन्ने नाराका साथ प्रचार प्रसारललाई तिब्र बनाउने वैठकले निर्णय गरेको छ ।
प्रदेश सरकार गठन भएको एक बर्ष पुग्न थालेको अवस्थामा सरकारले जनताको पक्षमा कुनै पनि रचनात्मक कार्य गर्न नसकेको पनि कांग्रेसले ठहर गरेको छ । साथै गाडि खरिद लगायतका कैयौ आर्थिक अनियमितताका विषयको पनि भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।