ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप : आयोजकलाई पाखा लगाउँदै पाहुना टोली दाफिन्स फाइनलमा

शुक्रबार, १० फागुन २०७५, १८ : ३६
8 Shares

फागुन १०,

ग्लोबल आवाज

बुटवल । आयोजक टिम लाली रुपन्देहीलाई शुन्यका विरुद्ध दुुई गोलले पराजित गर्दै विदेशी टिम दाफिन्स एफसी ,क्यामरुन एन्फा एकेडेमी बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको दोस्रो मिनेटबाट एक गोलले अग्रता लिएको दाफिन्सले दोस्रो हाफको ३९ औं मिनेटमा अर्को गोल गरेर जीत सुनिश्चित गरेको हो ।

२१औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आयोजक
रुपन्देही–११ र दाफिन्स एफसी क्लब , क्यामरुन बीच भएको खेलको दृश्य । तस्वीर बिमल पुरी ।

लाली रुपन्देही–११ का खेलाडीले आफ्नै डि एरियामा गरेको ह्याण्डवापत प्राप्त पेनाल्टीलाई दाफिन्सका खेलाडी डिडर टिनाले सदुपयोग गर्दै गोल गरेका थिए । आक्रमक भन्दापनि रक्षात्मक खेलेको आयोजक रुपन्देहीले गोल फर्काउन निकै कसरत र प्रयास गरेतापनि सफल भएन । दोस्रो हाफमा विदेशी टिम दाफिन्सलाई निकै चुनौती दिएको रुपन्देहीलाई खेलको ८९ औं मिनेटमा पुनः सोही खेलाडी डिडर टिनाले अर्को गोल गरेका हुन् ।

२१औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आयोजक
रुपन्देही–११ र दाफिन्स एफसी क्लब , क्यामरुन बीच भएको खेलको दृश्य । तस्वीर : बिमल पुरी ।

क्यामरुनका उत्कृष्ट खेलाडी यानिक ओवानाले खेलको ७० औं मिनेटमा रुपन्देहीका निरज बस्नेतलाई धक्का दिएपछि रेडकार्ड प्राप्त गरेपछि १० खेलाडीमा सिमित क्यामरुनलाई उत्तारार्धमा निकै दवाव परेको थियो । प्रतियोगितामा आयोजक रुपन्देही–११ का मनोज श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु. दश हजार पुरस्कार र मुख्य प्रायोजक यसोदा फुड्स प्रा.लि.बाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

२१औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आयोजक
रुपन्देही–११ र दाफिन्स एफसी क्लब , क्यामरुन बीच भएको खेल हेर्न उपस्थित दर्शक । तस्वीर : बिमल पुरी


सेमिफाइनलको दोस्रो तथा अन्तिम खेल भोली शनिबार दिउँसो नेपाल पुलिस क्लब र भ्याली च्यासल यूथ क्लब काठमाण्डौंबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

२१औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आयोजक रुपन्देही–११ र दाफिन्स एफसी क्लब , क्यामरुन बीच भएको खेलको दृश्य । तस्वीर : बिमल पुरी


रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।