१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

Advertisement

लुम्बिनी । संघीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबिच ५ बुँदे समझदारी भएको छ । आइतबार र सोमबार संघीय मन्त्री र प्रदेश मन्त्रीबिच भएको छलफलले उक्त समझदारी कायम गरेको हो । कृषि मन्त्री घनश्याम भुसालले सात वटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालिन विकासको लागि प्रदेशका विभागिय मन्त्रीहरुसँग सुझाव लिन दुई दिने बैठक आयोजना गरेका थिए ।


बैठकले नेपालको कृषिको विकासको लागि ५ बुँदें समझदारी कायम गरेको बताइएकोछ । बैठकले कृषि बिकासकोलागि संघिय र प्रादेशिक मन्त्रालयबिच योजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढंगले गरिने पहिलो समझदारी कायम गरेको छ । यसैगरि समझदारिको दोस्रो बुदामा कृषि बिकासका योजना र कार्यक्रम कार्यन्वयनमा आवश्यक सहकार्य गर्ने , तेस्रो बँुदामा कृषि क्षेत्रको संरक्षण र बिकासका लागि तिनै तहका सरकारबाट प्रदान गरिने सेवा सुविधा, स्रोत परिचालनमा एकरुपता कायम गरिने, चौथो बुदामा कृषि नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यन्वयनमा संघ र प्रदेश सरकारबिच मन्त्री र सचिब स्तरिय संयन्त्र बनाउने, पाचौ बुदामा तिनै तहका सरकारबिच समन्वय र,सहकार्य गर्न छिटै स्थानिय तहसंग पनि समन्वय बैठक गर्ने समझदारि भएको छ ।

मन्त्री भुसालले संघ,प्रदेश,स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरुसँग सुझाव लिएका हुन् । मन्त्री भुसालले कृषि प्रधान मुलुक भनेर परिचित नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेगरि कृषिको योजना अगाडि सार्ने रणनीति बनाएको बताइएको छ। राष्टिट्रय पूूँजीको विकासमा योगदान दिने हिसाबले तिनै तहका सरकारबिच आबश्यक सहकार्य तथा समन्वय गरेर निर्बाहमुखि कृषिलाई व्यवसायिक बनाउनेगरि कृषि मन्त्रालयले योजना बनाइरहेको छ ।


मन्त्री भुसालले कृषिमा युवा पुस्तालाई प्रत्यक्ष संल्गन गराएर नेपालका बाझा वारि र खेतलाई हराभरा गराउने बिषयमा पनि योजना बनाएका हुन् । बैठकमा सात वटै प्रदेशबाट सहभागी भएका कृषि मन्त्रीहरुले आ आफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट समबन्धमा जानकारी गराएका थिए । बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीहरु प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, बागमति प्रदेशका दावा दोर्जे लामा, गन्डकी प्रदेशका लेखबहादुुर थापा, प्रदेश ५ का आरती पौडेल, कर्णाली प्रदेशका बिनितादेवी चौधरी र सुदुरपश्चिम प्रदेशका बिमला केसीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’