Mar 21, 2023
दाङ । बसको ठक्करबाट दाङमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।
आइतबार राती करिब ११ बजे लमही नगरपालिका वडा नम्बर १ सुनडबरी स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा १ ख १७९५ नम्बरको बसले लमही नगरपालिका वडा नम्बर १ सुनडबरी निवासी २४ वर्षिय हुमबहादुर घर्ती मगरलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
शवलाइ लमही अस्पतालमा पोष्मार्टमको लागि लगिएको छ । बस प्रहरीको नियन्त्रणमा रहेको छ।
प्रतिकृया दिनुहोस्