ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक बस्दै

शुक्रबार, १० फागुन २०७५, १३ : ०६
4 Shares

फागुन १०,

काठमाडौं । प्रतिनिधिसभाको अहिले बैठक बस्दै छ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सोधिने भएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिनेछिन् । बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको संघीय संसदको सचिवालयले जनाएको छ ।

त्यसैगरि आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री  गोकुलप्रसाद बाँस्कोटाले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५” माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले “संघीय निजामति सेवा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम सचिवालयले सार्वजनिक गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।