ताजा अपडेट »

अज्ञात समूहद्वारा राष्ट्रिय दैनिक पत्रिका जलाइयो

शुक्रबार, १० फागुन २०७५, १३ : ०३
2 Shares

फागुन १०,
लहान ।  सिरहाको लहानमा आज बिहान राष्ट्रिय दैनिक पत्रिका जलाइएको छ । अज्ञात समूहले शुक्रवार बिहान लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडी बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, साप्ताहिक, हल्लो शुक्रवारलगायतका करीब ४ सयप्रति पत्रिका जनाएको हो । 

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भने, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।” 

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । 

यसैगरी केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौं पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।