१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । साहित्य सङ्गम बुटवलको ३०३ औँ मासिक श्रृङ्खलामा आज साहित्यकार रमेश समर्थनद्वारा लिखित देवरात काव्यको कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

देवरात काव्यमा सत्यवादी राजा हरिषचन्द्र मानव बलि दिन किन तम्सिएँ ? के कारणले उनी मानव बलि दिने अवस्थामा पुगे? भन्ने कुरालाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ भने अजिगर्तले किन आफ्नै माहिलो छोरोलाई सत्यवादी राजा हरिषचन्द्रलाई बेच्यो ? किन ऊ आफ्नै छोरालाई बलिदिने बेला काट्न तयार भयो ? कसरी विश्वामित्रले बलि चढाउन लागेको शुनःशेपलाई बचाए ? भन्ने कुरा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कृति परिचर्चा गर्दै साहित्यकार रुद्र ज्ञवालीले देवरात काव्यले मानवतावादी चिन्तन, सामन्तवादी सोचप्रति विद्रोहको स्वर र पौराणिक विषयवस्तुलाई वर्तमान नेपाली समाजको वास्तविक यथार्थसँग जोडेको कुरा बताए ।

कवि रामचन्द्र श्रेष्ठले पुरानो कथामा वर्तमान यथार्थको प्रस्तुति र मिथलाई युगजनीन रूपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताए। कार्यक्रममा बोल्दै साहित्यकार ऋषिराम भुसालले निरन्तर साहित्यमा साधनारत समर्थनले देवरात कृतिमा मानवीय मूल्य स्थापित गर्न पौराणिक विषयवस्तुमा वर्तमान युगका कुरालाई जोड्दै मानवताको स्वर मुखरिकृत गरेको बताउँदै कृतिले पाठकको मन छुन सक्ने भएकाले एक पटक सबैले पढ्नुपर्ने बताए ।साहित्यकार देवेन्द्र घिमिरेको अध्यक्षता, ऋषिराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रमेश समर्थनले लेखकीय दृष्टिकोण व्यक्त गरे ।

त्यसैगरी वाचित रचनाको समीक्षा राजेन्द्रकुमार आचार्यले तथा कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग