ताजा अपडेट »

महिला विश्वकप क्रिकेट छनोट : तेस्रो खेलमा नेपाल विजयी

शुक्रबार, १० फागुन २०७५, १३ : ४९
6 Shares

फागुन १०,

काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । 

एशिया छनोट अन्तर्गत शुक्रवार भएको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो । ट्रेडथाई क्रिकेट मैदानमा ४२ रनको झिनो लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १० दशमलब २ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित सर्वाधिक १८ रन जोडिन् । ओपनर ब्याट्स विमेन काजल श्रेष्ठले १५ रन बनाइन । त्यस्तै उपकप्तान सिता रानामगर ६ रन बनाएर आउट भइन् । अप्सारी बेगम भने शुन्य रनमा पेभेलियनमा फर्किन । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रनको योगफल तयार पारेको थियो ।  

युएईका ओपनर ब्याट्स विमेन इशा रोहितले २ रन, छाया मुग्हल ३ रन तथा काभिशा इगोडेजले मात्र ४ रन बनाएर आउट भइन् । त्यस्तै कप्तान हुमाइरा तास्निम मात्र १ रनमा पेभेलियनमा फर्किन । चामनी सेनेभिरत्नले सबैभन्दा बढी १३ रन जोडिन् ।

युएईको पारी ध्वस्त पार्ने क्रममा नेपालकी नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । उपकप्तान सिता रानामगर, कविता कुवर र सोनु खड्काले समान २-२ विकेट लिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।