ताजा अपडेट »

पाल्पामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

शुक्रबार, २३ फागुन २०७६, १६ : ५०
6 Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिका- ७ लामीडाडाँमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाइकलमा सवार तानसेन- ७, का ५५ वर्षीय मधु श्रेष्ठको ज्यान मृत्यु हो ।

मोटरसाइकल चालक हिमाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । दुवैजनाको नाता श्रीमान श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी बताएको छ । उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।