ताजा अपडेट »

तिलोत्तमा गोल्डकप : आजदेखि सेमिफाइनल

शुक्रबार, १० फागुन २०७५, ११ : १३
4 Shares

आयोजक रुपन्देही–११ र विदेशी दाफिन्स एफसी भिड्दै


फागुन १०,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुुँदैछन् । पहिलो सेमिफाइल अन्तर्गत आज दिउँसो २ः ३० बजे आयोजक लाली रुपन्देही–११ र विदेशी टिम दाफिन्स एफसी क्यामरुन बीच हुने आयोजक रुपन्देही जिल्ला फुटवल संघका महासचिव लोक पुनले जानकारी गराए ।

यसअघि आयोजक लाली रुपन्देही –११ पहिलो खेलमा सुनसरी–११लाई पराजित गरी सडन डेथको आधारमा सेमिफाइनल प्रवेश गरेको हो भने दाफिन्सले पनि झापा–११ एकमात्र टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जम्मा एक–एक खेल जितेर उत्कृष्ट चारमा प्रवेश गरेका यी टिम अहिलेसम्म भाग्यमानी मानिएपनि आज भने एउटा मात्र टिम उपाधिका लागि फाइनलमा प्रवेश गर्नेछ ।

आयोजक टिम रुपन्देहीलाई घरेलु मैदान र दर्शकको साथ छ भने विदेशी तथा पाहुना टिम क्यामरुनसँग धेरै अनुभव र बलियो शारिरिक बनोट रहेको छ । उता सेमिफाइनलको अर्को खेल नेपाल पुलिस क्लब र भ्याली च्यासल यूथ क्लब बीच हुनेछ ।


बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा गत ४ गतेबाट सुरु भएको प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।