१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । छिमेकी राष्ट्र चीनबाट विश्वव्यापी बन्दै गरेको संक्रमण ‘ कोरोना भाइरस’ को जोखिम र त्रास नेपालमा पनि बढ्दै गएको छ । सरकारले विभिन्न क्षेत्रमा हाइ अलर्ट गरेसँगै नेपाली उद्योग क्षेत्रमा ठूलो प्रभाव पर्दैछ । भाइरस संक्रमणले विश्व अर्थतन्त्रमा गम्भीर समस्या देखिएपछि त्यसको प्रत्यक्ष असर नेपालका सिमेन्ट, डण्डी हुँदै पछिल्लो समय पर्यटन उद्योगमा देखिन थालेको छ । कोरोनाका कारण लुमिबनीमा आउने धेरै पर्यटकको संख्या ह्वात्तै घटेको छ । त्यसैगरी भारतबाट आउने पर्यटकको संख्या पनि घटेको छ भने आन्तरिक पर्यटकको संख्या पनि घट्दै छ ।

विकास निर्माण कार्य ठप्प र पूँजीगत खर्च न्यून भएपछि सिमेन्ट र स्टिल उद्योग गम्भीर सङ्कट परेको थियो । अहिले कोरोना भाइरस फैलिएका कारण नेपालको पर्यटन क्षेत्र पनि समस्यामा पर्न थालेको छ । पर्यटन आगमन कम भएपछि होटेको अकुपेन्सी दरमा भारी गिरावट आएको होटलहरुले जानकारी दिएका छन । कोरानाको असर निर्माण, आपूर्ति र पर्यटन क्षेत्रमा देखिन थालेको उनको भनाई छ ।  निर्माण व्यवसाय सुस्त हुँदा आर्थिक वृद्धि ६ प्रतिशत रहने अनुमान गरिएको छ । कोरना फैलिएपछि ५ प्रतिशत भन्दा कम हुने अनुमान गर्न थालिएको छ । कोरोनाको संक्रमणबाट जोगिन सरकारले ठूला सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै अन्तर्राष्ट्रिय उडान कटौति, अन–अराएभल भिसा रोकेपछि त्यसको प्रत्यक्ष असर पर्यटन उद्योगमा परेको हो ।

 खर्बौ रुपैयाँ लगानी भएको सिमेन्ट र स्टिल उद्योग नराम्ररी प्रभावित भइसकेका बेला पर्यटन उद्योग पनि थलिएको हो । अहिले आन्तरिक तथा बाह्य पर्यटक शुन्य भइसकेका छन् । पर्यटन उद्योग अन्तर्गत होटलमा गरिएको लगानी जाखिममा परेको छ । राजधानीमा मात्रै आधा दर्जन ठूलातारे होटल निर्माणधिन अवस्थामा छन । माओवादी द्धन्द्धपछि पर्यटन क्षेत्रमा पर्न लागेको ठूलो असरको रुपमा हेरिएको छ ।भाइरसका कारण संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० स्थगित गरिएको छ भने प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष –२०७६ पनि प्रभावित छ । दुबै भ्रमण वर्षबाट उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी तथा उद्योगीहरु विस्तारै निरुत्साहित हुुँदैछन् । सम्भावना देखेर बैंक ऋण गरी लागनी गरेको उद्योगी व्यवसायी संकटमा परेको गुनासो गर्दै सरकारले ऋण तथा व्याजमा राहत दिनुपर्ने माग उठाउने सोँचमा छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै