७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

फागुन २३,

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ ।

बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए ।  खतिवडाका अनुसार कारोनाका असरका लक्षणहरू मात्र अर्थतन्त्रमा देखिएको हो, अहिलेसम्म कुनै प्रतिकूल असर परिसकेको अवस्था होइन ।  अर्थ मन्त्रालयका अनुसार अहिले असरको अध्ययन हुँदै छ, सरकारले तत्कालै राहतको प्याकेज ल्याउने तयारी गरेको छैन । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले कुनै प्याकेजको कार्यक्रम ल्याउने सोचमा नपुगिसकेको तर अर्थतन्त्रमा पर्ने असरका बारेमा उच्च सर्तकमा मन्त्रालयमा रहेको बताए । अर्थका अधिकारीहरूका अनुसार आगामी आर्थिक वर्षको बजेटको तयारीमा मन्त्रालय जुटिसकेकाले आवश्यक परेमा सोही बजेटबाटै सम्बोधन गर्न सकिने बताउँछन् । ‘कुनकुन क्षेत्रमा कोरोनाले असर गरिरहेको छ भन्ने बारेमा रिपोर्टिङ भइरहेको छ । कर छूट दिने वा सहुलियत दिने बारे आगामी बजेटबाटै पनि सम्बोधन गर्न सकिन्छ,’ मन्त्रालयका अर्का उच्च अधिकारीले बताए ।

सोमवार चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा जारी गर्दै केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमण तथा विश्व अर्थतन्त्रमा आएको सुस्तीका कारणसमेत आर्थिक वृद्धिदर प्रभावित हुने बताइसकेको छ । राष्ट्र बैंकले कोरोनाबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा दिने व्यवस्था गरेको छ । साथै, यस्तो क्षेत्रमा पुनर्कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरू पुनरवलोकन गरिने बताएको छ । कोरोना संक्रमण विश्वव्यापी हुँदै गएकाले त्यसको असर नेपाली अर्थतन्त्रमा पर्न देखिन थालेको छ । पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको छ भने नेपाल–चीन व्यापार लगभग ठप्प भएको छ । त्यस्तै अर्को ठूला असर पूर्वाधार क्षेत्र, विशेषगरी जलविद्युत् आयोजनामा देखिन थालेको छ ।  

चीनबाट कामदार र सामग्रीहरू आउन नसकेपछि नेपालको जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी र ठेकेदारहरूले आफू संलग्न आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिन थालेका छन् । यसकारण ती आयोजनाको निर्माण अवधि थप पर धकेलिएको छ । सरकारले सोचेजसरी आर्थिक गतिविधि नबढेका कारण चालू आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने स्पष्टै देखिएको छ । कोरोनाकै कारण गैरकृषि क्षेत्रमा पर्ने असरले आर्थिक वृद्धिमा थप संकुचन आउने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले बताए ।  ‘हामीले साढे ८ प्रतिशतकै वृद्धिको लक्ष्य लिएका हौं तर कोरोनाको असर ठूलो विकास आयोजनादेखि भन्सार बिन्दुसम्म देखिएको छ, यसले हामीले तय गरेका सूचकांकहरूमा असर पार्ने देखिएको छ,’ उनले भने । 

कोरोनाकै कारण १ महीनादेखि बन्द रहेका चीनसँग जोडिएका मुख्य उत्तरी नाका सुचारू हुन अझै केही समय लाग्ने देखिएको छ । चीनमा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्र्दै मुख्य नाका खोल्न हतार नगरिएको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने