ताजा अपडेट »

प्रदेश ५ प्रदेशसभा सदस्य वलीको निधन

शुक्रबार, १० फागुन २०७५, १० : २४
6 Shares

फागुन १०,

काठमाडौँ। प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज बिहान असामयिक निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
मेडिसिटी अस्पतालमा उपचाररत वलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश नं. ५ का मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले दिनुभयो ।

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका  वली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।