ताजा अपडेट »

लुम्बिनीको विकासकालागि अगुवाई :राष्ट्रिय सभा सदस्य भट्टराई

विहीबार, ०९ फागुन २०७५, २१ : ३४
4 Shares

फागुन ९,
ग्लोबल आवाज
लुम्बिनी । राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनीको किासका लागि अगुवाई गर्ने घोषणा गर्नुभएको छ । सदस्य भट्टराईकै अगुवाइमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाइ सहयोग हस्तान्तरणका लागि आज लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाले बुद्धको जन्मस्थल भएपनि लुम्बिनीको बिकास हुन नसकेकाले अब बिकासको जिम्मा आफूूले लिने बताउनुभयो ।


शान्ती खोज्दै वर्षेनी १६ लाख पर्यटक आउने लुम्बिनीको गरिबि र पछौटेपन देखेर पर्यटकहरु खिन्न भएर फर्कने गरेको बताउनुभयो । उहाले भन्नुभयो – आफै झगडा गराउने र आफै मिलाउने नेता यहाँ छन् , यस्तो अवस्थाको अन्त्य गरी जनताको पक्षमा काम गर्न जरुरी छ । ’


लुम्बिनीमा स्वास्थ्य उपचारका लागि ब्यवस्था नभएकाले छिट्टै अस्पताल बनाउनका लागि मन्त्रालयसंग कुरा भइरहेको जानकारी गराउनुभयो र्। यहा आउने पर्यटक बिरामी भए उपचार गर्न जाने ठाउ छैन उहाले भन्नुभयो – अब सुबिधासम्पन्न अस्पताल निर्माणका लागि मैले प्रयास थालेको छु ।’


लुम्बिनीमा रहेको एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रसुती गृहको सेवा सुबिधा समेत प्रभाबकारी नहुदा स्थानीय सन्तुष्ट हुन नसकेको बताउनुभयो । बच्चा जन्माउने कुरा अत्यन्तै जटिल भएकाले यस्तो स्वास्थ्य केन्द्र ब्यवस्थित हुन जरुरी रहेको धारणा राख्नुभयो । उहाले आगामि दिनमा स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि पहल गर्ने बताउनुभयो ।


कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्ने धारण राख्नुभयो र्। देशमा स्वास्थ्य उपचार सेवा महङगो छ , कुनै रोग लागि हालेमा गरिबले उपचार नपाएर मर्नुपर्ने अबस्था छ उहाँले भन्नुभयो र्– लुम्बिनीमा सर्बसुलभ सर्पदंश र रेबिजको उपचार केन्द्र आवश्यक छ ।’


राष्ट्रिय सभाका सदस्य भट्टराईको पहलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पीङ ह्यान्ड फर रीलीफ एण्ड डेभेलपमेन्टले लुम्बिनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रु ११ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. विनोद खनालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाइ प्रसुती सामाग्री, सुरक्षा उपकरण तथा बिरामीलाइ आवश्यक पर्ने लत्ता कपडा लगायतका ३४ प्रकारका सामाग्रि हस्तान्तरण गरेको सहयोगी संस्थाका कार्यक्रम ब्यवस्थापक जिवा पोखरेलले जानकारी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।