ताजा अपडेट »

प्रदेश ५ : सुझाव संकलनकालागि विशेष समिति जिल्ला जाने

विहीबार, ०९ फागुन २०७५, १९ : ४९
8 Shares


फागुन ९,
ग्लोबल आवाज
बुटवल । थप गरिएको तिन महिने अवधि सकिन १७ दिन मात्रै बाँकी रहदा प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठित प्रदेशसभाको बिशेष समिति सुझाव संकलनका लागि जिल्ला जाने तयारी गरेको छ ।राय सुझाव संकलनकालागि समितिले १२ जिल्लाका लागि समितिका सदस्य सांसदहरुको ६ वटा टोली बनाएर जिल्ला जाने तयारी गरेको हो ।


यही फागुन ११ गते रुकुमबाट सुरु हुने सुझाव संकलन कार्यक्रम फागुन १६ गते सकिने गरी समितिले कार्यतालिका बनाएको छ ।समितिको कार्यतालिका अनुसार फागुन १२ गते बाँके,प्युठान र नवलपरासी पश्चिम जिल्लामा सुझाव संकलन गरिने छ ।फागुन १३ गते रुपन्देही,पाल्पा र बर्दीया जिल्लामा सुझाव संकलन गरिने छ भने फागुन १४ गते दाङ र रोल्पामा सुझाव लिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन १५ गते कपिलबस्तु र गुल्मी जिल्लामा सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ भने १६ गते अर्घाखाँची जिल्लामा सुझाव संकलन गर्ने कार्यतालिका रहेको छ ।


सुझाव संकलनका लागि रुकुम र रोल्पामा समितिका सदस्यहरु दिनेश पन्थी र बिरबहादुर राना, दाङ र प्युठानमा नारायण प्रसाद आचार्य,कल्पना पाण्डे र निर्मला क्षेत्री,रुपन्देही र नवलपरासी पश्चिममा तेजबहादुर वली र सरस्वती गौतम,गुल्मी र पाल्पामा भुवनेश्वर चौधरी,सहषराम यादव र बाबुराम गौतम,बाँके र बर्दीयामा तुल्सीप्रसाद चौधरी र बिष्णु प्रसाद पन्थी,अर्घाखाँची र कपिलबस्तुमा बैजनाथ कलवार र तारा जिसी खटिएका छन् ।


प्रदेशसभा सदस्यहरुसँगै प्रदेशसभा सचिवालयका एक÷एक जना कर्मचारी समेत जिल्ला जाने सचिवालयले जनाएको छ । तिन महिना भित्र प्रतिवेदन बुझाउने समयावधी तोकेर गठन गरिएको बिशेष समितिको म्याद काम सुरु नगर्दै सकिएपछि गत मंसीर २६ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकले पुन तिन महिना म्याद थपेको थियो । बिशेष समितिमा जिल्लागत प्रतिनिधित्व नभएको भन्दै छुटेका जिल्लाका प्रदेशसभा सदस्यहरुले बिरोध जनाएपछि सभामुख दलहरुको सहमतिमा समितिमा रहने सदस्यहरुको नाममा हेरफेर गरेका थिए ।


समितिका सभापति दिपेन्द्रकुमार पुनले अध्ययन तथा सुझाव संकलनका लागि बिशेष समितिका सदस्य सांसदहरु जिल्ला खटिए पनि आफु भने जिल्ला जाने कार्यक्रम तय नभएको तर पायक पर्ने र अनुकुल जिल्लामा भने जान सक्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।