ताजा अपडेट »

कपिलबस्तुमा भएको आगजनीको जिम्मा विप्लव नेकपाले लियो

विहीबार, २२ फागुन २०७६, १३ : २२
2 Shares

फागुन २२,

बुटवल । कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राती अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा विभिन्न साधनमा आगजनीको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

ना १ क ९०६९, बा २ क ८७२९ नंम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नंम्बरको बोलेर र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको थियो । देशभर निर्माण जिम्मा लिएर गुणस्तरहिन काम गरेको, पार्टी बिरुद्ध सुराकी गरेको, जनताको खेतबालीमा मेसिन चलाएर नष्ट गरेको भन्दै सो आगजनी गरेको जनाईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।