ताजा अपडेट »

तिलोत्तमा गोल्डकप :मनाङलाई रोक्दै च्यासल सेमिफाइनलमा

विहीबार, ०९ फागुन २०७५, १८ : १४
2 Shares

फागुन ९,
ग्लोबल आवाज
बुटवल । चर्चित एवम् यस वर्ष दुई ठूूला उपाधि विजेता मनाङ मस्र्याङ्गदी क्लबलाई पराजित गर्दै भ्याली च्यासल यूथ क्लब काठमाण्डौं जारी २१औं लाली तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा एकेडेमी,बुटवलमा बिहिबार सम्पन्न खेलमा मनाङ मर्यास्याङ्गदीलाई शुुन्यका विरुद्ध १ गोल गरी च्यासल अन्तिम चारमा आफूलाई प्रवेश गराएको मात्र छैन उपाधिको शसक्त दावेदार समेत बनेको छ ।

पहिलो हाफमा गोलरहित रहेको प्रतियोगिताको दोस्रो हाफको तेस्रो मिनेटमा पहिलो तथा अन्तिम निर्णायक गोल गर्न सफल च्यासलले शसक्त प्रतिष्पर्धी मनाङलाई होल्डमै राख्न कठिन परेको थियो । मनाङको डि एरियामा हेमन्त थापा मगरले दिएको पासलाई सदुपयोग गर्दै विदेशी खेलाडी अर्माण्ड बेडौमले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

प्रतियोगितामा भ्याली च्यासल यूथ क्लबका गोल रक्षक दिनेश थापा मगर म्यान अफ दि म्याच भएका छन् । उनले नगद रु १० हजार र मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लिकातर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।


गोल फकाउँदै प्रतियोगितालाई प्रतिष्पर्धात्मक बनाउन आक्रमक खेलेको मनाङले आधा दर्जन बढी राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । अञ्जन विष्ट सहित केही उत्कृष्ट खेलाडीहरु एफसी कपका लागि रेष्टमा रहेको र केही नयाँ खेलाडीलाई परिक्षणका रुपमा खेलाइएको हुँदा पराजित भएको मनाङका कोच सुमन श्रेष्ठले बताए ।


मनाङ उत्कृष्ट टिम रहेको हुुनाले आक्रामक भन्दापनि रक्षात्मक खेल खेलेको हुुनाले अवसरलाई सदुुपयोग गर्दै एक गोलमै मनाङलाई रोक्न सफल हुँदा जित हासिल गरेको च्यासलका कोच राजुकाजी श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।