ताजा अपडेट »

पत्रकार महासंघको वार्षिक साधारणसभा पोखरामा हुँदै

विहीबार, ०९ फागुन २०७५, १३ : ३१
6 Shares

फागुन ९ ,

कास्की । नेपाल पत्रकार महासंघको वार्षिक साधारणसभा एवं विधान अधिवेशन आज पोखरामा शुरु हुँदैछ । पत्रकार महासंघको वार्षिक साधारणसभामा सहभागी हुन देशभरबाट एक हजार ४ सय प्रतिनिधि पोखरा पुगेका छन् । अधिवेसनको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उदघाटन गर्ने कार्यक्रम छ ।

संघीय संरचनाअनुसार महासंघको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने बताए ।

हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी चयन गर्ने व्यवस्थाका लागि यो विधान अधिवेशन आवश्यक रहेको उनले बताए । 

सभामा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा, कांग्रेस नेता प्रकाशशरण महत, नेकपाका नेता योगेश भट्टराई, राजपाका लक्ष्मणलाल कर्णलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।