ताजा अपडेट »

बांग्लादेशको आगलागी नियन्त्रणमा,मृत्यु हुनेको संख्या ७०

विहीबार, ०९ फागुन २०७५, ११ : ५६
6 Shares

फागुन ९,

बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या  ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् । र घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन् ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजेपछि आगो लागेको हो । रासायनिक पदार्थको गोदाम रहेको भवनामा आगो लागेको हो । राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो । 
आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन् । महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन । खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन् । तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो ।’ --एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।